एसईईमा ४ जिपिएका साथ उत्कृष्ट बनीन् पात्लेखेतकी अभिभावक विहिन सबि ! डाक्टर बन्ने सपना अन्यौल

  • १५ असार २०७५, शुक्रबार
  • 3403 पटक पढिएको

म्याग्दी, १५ असार । ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालयबाट म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी सबी बि.क.ले एसईई परिक्षामा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन् । सानैमा आमा र बुबा गुमाएर आफन्तको साहारामा ललितपुरमा बसेर अध्ययन गरेकी उनले एसईईमा उत्कृष्ट अंक लिएर उर्तिण भएकी हुन् । उनले भविश्यमा सफल डाक्टर बन्ने लक्ष्य लिएकी छिन् । म्याग्दीको पालीखेतको एउटा निकै विपन्न परिवारमा जन्मिएकी सबीले सानै हुँदा आफ्नी आमालाई गुमाएकी थिइन् । विरामी भएकी आमाको उपचारको क्रममा निधन भएपछि बुबाको लालन पालनमा केहि समय हुर्किएकी उनलाई छोरीले राम्रो शिक्षादीक्षा पाओस् भनेर उनका बुवाले उनलाई काठमाडौँमा बस्ने गाउँकै शान्ता महर्जन बि.क. कोमा ल्याएर अध्ययनको लागि राखेका थिए ।

छोरीलाई काठमाडौँमा शान्ताको जिम्मामा छोडेर आफू वैदेशिक रोजगारीमा जान लागेका उनका बुबाको घर (म्याग्दी) फर्कने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएपछि सावीले आफ्नो अभिभावक गुमाएकी थिईन् । बुबाको मृत्यु भएपछी उनको जीवनमा ठूलो बज्रपात नै पर्यो । राम्रोसँग आमा भनेर भन्न पनि नसक्ने उमेरमै आमाको काख गुमाएकी सबी त्यसपछि बाँकि रहेको एउटा आधार बाबाको माया पनि गुमाएईन् अनि बेसाहारा हुन पुगिन् । उनलाई कसरी यति धेरै अंक ल्याउन सकिने रहेछ नी भनेर प्रश्न गर्दा उनले जवाफमा भनिन, ‘कसैले पढ भनेर होईन की यदि, आफैलाई मैले पढ्नु पर्छ भनेर महशुस भयो भने चाहे जति नम्बर ल्याउन सकिन्छ ।’ साबीले भविष्यमा आफुलाई डाक्टर बन्ने इच्छा रहेको पनि बताएकी छन् । अहिले पनि बुबाले सानैमा जिम्मा लगाएकी शान्ता महर्जनकै अभिभावकत्वमा ललितपुरको इमाडोलमा बसिरहेकी सबीले कक्षा – १ देखि नै इमाडोलमा रहेको अनन्त मा.वि. मा अध्ययन गरेकी हुन् ।

शान्ता महर्जनको लालनपालनमा हुर्किएकी साबीको बारेमा उनीसँग (शान्ता) बुझदा, साबी सानैदेखि निकै जेहनदार र लगनशील भएको उनले बताइन् । सानैदेखि खेल्ने, कुद्ने र टिभी हेर्ने भन्दा पनि पढ्नमा बढी तल्लिन रहने उनको बानी रहेको शान्ताले बताइन् । शान्ताले एसईई सम्म त दुखसुख गरेर पठाएको तर अब भने कसरी पढाउने भन्ने विषयले आफुलाई चिन्तित बनाउने गरेको पनि बताइन् । ‘मैले यहाँ सम्म त पढाएँ अब भने उनको उच्च शिक्षाको लागि सम्पूर्णले सहयोग गरे उनको डाक्टर बन्ने उदेश्य पुरा हुने थियो’, उनले भनिन् । शान्ताले साबीको पढाई पनि निकै अब्बल रहेको र उनको डाक्टर बन्ने उदेश्य रहेकोले सो उदेश्य पूरा गर्नको लागि सहयोगको पनि सम्पूर्णमा आग्रह गरीन् । साबी कक्षा – १ देखि नै कक्षामा प्रथम हुने मेधावी छात्रा रहेको विधालयका प्रधानाध्यापक गोपाल प्रसाद घिमिरेले बताएका छन् ।

नाेट : ujyaalobihani.com काे सहयाेगमा तयार पारिएकाे समाचार