बिमका जेष्ठ नागरीक र अपाङगलाई सिरक वितरण

  • १३ असार २०७५, बुधबार
  • 1969 पटक पढिएको

बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो ।

वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर जेष्ठ, अशक्त र अपाङगता भएका दलित विपन्न नारीकलाई सिरक वितरण गरिएको वडा अध्यक्ष रेशम जुक्जालीले जानकारी दिनुभयो । गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्ष जुक्जाली, सदस्य वुद्धीबहादुर जुक्जाली, पुर्खबहादुर जुक्जाली र सरु श्रीपालीले सिरक वितरण गर्नुभएको थियो ।