म्याग्दीमा लागूऔषध विरुद्धको अभियान सुरु

  • १२ असार २०७५, मंगलवार
  • साधन राम्जाली मगर
  • 4593 पटक पढिएको

म्याग्दी १२ असार । म्याग्दीमा सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन सुरु गरिएको छ । “स्वास्थ्य,सवल र समृद्ध नेपालको प्रतिवद्धता,लागू औषध अपराध विरुद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ साताव्यापी रुपमा दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा मंगलबार विहान बेनी बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय,प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्रले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा राजनीतिक दल,कर्मचारी,प्रहरी,शिक्षक,विद्याथी,पत्रकार र नागरिक समाजको सक्रिय सहभागित रहेको थियो । विभिन्न सचेतनामुलक प्लेकार्ड लिएर विरेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरेर सोही स्थानमा कोणसभामा प्रमुख जिल्ल अधिकारी लीलाधर अधिकारीले लागू औषधको प्रयोग र ओसारपसार समग्र समाज र राष्ट्रका लागि चुनौति बन्दै गएकोले यस विरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

समाजका सवै पक्षको साथ र सहयोग मिलेमा म्याग्दीलाई लागू औषध मुक्त जिल्ला बनाउन सकिने प्रजिअ अधिकारीको भनाई थियो । लागूऔष विरुद्धको अभियान निरन्तर रुपमा चलिरहने भएकाले अभियानलाई सफल पार्नका लागि युवा विद्यार्थीहरुको सक्रिय सहभागित आवश्यक भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले विभिन्न सरोकारवाला पक्षहरुसँगको सहकार्यमा सप्ताहव्यापी रुपमा सचेतना अभियान सञ्चालन, लागू औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका सम्बन्धी अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरिने प्रहरी नायव उपरिक्षक बिर वहादुर बुढामगरले बताउनुभयो ।

कोणसभामा न्यू वेष्ट प्वाइन्ट आवशिय माविका कक्षा १० का विद्यार्थी विश्वास केसी,बेनी सामुदायिक मावि कक्षा ८ की सन्दीपा जिसी,प्रकाश माविका कक्षा ९ का दिनेश विक र लिटिल गार्डेन एकेडेमी कक्षा ९ का विवस शाहीले समाजलाई लागू पर्दाथ औषध मुक्त बनाउनका लागि विद्यालय स्तरमा अभियान सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरेका थिए । प्रजिअ अधिकारीको अध्यक्षता र सहायक प्रजिअ लिलादेवी अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साधन राम्जाली मगर