छोरा गुमाएकी गायिका परियारलाई ४५ हजार रुपौयाँ सहयोग

  • ९ असार २०७५, शनिबार
  • सन्दिप शर्मा
  • 2054 पटक पढिएको

म्याग्दी, ९ असार । म्याग्देली लोक गायिका शान्ता परियारलाई लोक दोहोरीगीत प्रतिष्ठान म्याग्दीले ४५ हजार दुई सय ३० रुपौयाँ सहयोग गरेको छ । आषाढ ३ गते लोकदाहोरी प्रतिष्ठान म्याग्दीको अयोजना र लोकदोहोरी प्रतिष्ठान धौलागिरी अञ्चल कमिटीका कोषाध्यक्ष नहकुल ढकालको संयोजनमा म्याग्दीको सदरमुकाम बेनि बजारमा आर्थिक राहत संकलन गरीएको थियो ।


बेनी बजारमा जम्मा भएको ४० हजार १ सय ३० रुपौयाँ र ७४ सालको म्याग्दी महोत्सवमा लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य बैकुण्ठ महतले प्राप्त गरेको टिप्स शुल्क जिल्लाका कलाकार हरुलाई समस्या परेका बेला सहयोग गर्नु भनेर प्रतिष्ठान म्याग्दीलाई छाडेको रु. ५ हजार १ सय गरी ४५ हजार दुईसय ३० रुपैयाँ परियार लाई हस्तान्त्रण गरेको प्रतिष्ठान म्याग्दीका सदस्य रबी कार्कीले बताउनुभयो ।


रकम हस्तान्त्रण गर्दै संयोजक नहकुल ढकाल र प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले अप्रत्यासीत दुर्घटना भएको बताउनु भयो । उहाँहरुले दुर्घटना अन्जानमा हुन्छ र कतिपय दुर्घटनाले शोक निम्त्याउने हुदाँ शोकलाई शक्तीमा रुपान्त्रण गर्नु पर्ने बताउनु भयो । हाल पोखरामा डेरा लिएर बसोबास गर्दै आएकी परीयारको गत जेष्ठ २२ गते डेरामा नै ग्याँस पड्कीयर अगोलागी हुदाँ ३ बर्षिय छोरा समिप परियारको निधन भएको थियो भने धनमालको क्षति भएको थियो ।

सन्दिप शर्मा