माउण्टमा जिल्लास्तरीय खेलकुदसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता

  • ९ असार २०७५, शनिबार
  • प्रताप बानियाँ
  • 1754 पटक पढिएको

म्याग्दी, ८ असार । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा शुक्रबार अन्तरमावि जिल्लास्तरीय खेलकुदसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शैक्षिक गतिविधि सँगसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर उनीहरुको अन्तनिर्हित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यसहित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।

?

कुल ९ ओटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा गलेश्वर आदर्श आवासीय मावि गलेश्वर प्रथम, न्यु वेष्ट प्वाइन्ट कलेज बेनी द्वितीय, बेनी बोर्डिङ सेकेण्डरी स्कुल तृतीय र बुद्ध एकेडेमी बगरफाँट सान्त्वना भएका छन् । विजयी विद्यालयहरुलाई क्रमशः नगद चारहजार पाँचसय, तीनहजार, दुईहजार र एक हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

?

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माको प्रमुख आतिथ्य र प्रकाश मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति मोहन बानियाँको विशिष्ट आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको थियो । विद्यालयका डाइरेक्टर राजु केसीले प्रत्येक महिनामा जिल्लास्तरीय विशेष कार्यक्रमहरु सञ्चालन गरिने बताएका छन् ।

?

गोज एजुकेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक विनयकुमार श्रेष्ठले प्रतियोगिताको प्रायोजन गरेका थिए । विद्यालयका स्टुडेन्ट स्पोट्स क्लब अध्यक्ष प्रज्ज्वल शेरचनको अध्यक्षता, अतिरिक्त क्रियाकलाप इन्चार्ज चन्द्रा रोकाको सञ्चालन र विद्यालय इन्चार्ज अमृत सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा प्रायोजक श्रेष्ठले मन्तव्य राखेका थिए।

प्रताप बानियाँ