लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु ( भिडियो सहित)

  • ३ असार २०७५, आईतवार
  • 3986 पटक पढिएको

म्याग्दी ३ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । धौलागिरी गाउँपालीकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न सम्भाव्यता अध्ययन गर्न भुगर्वबिद् र प्राबिधिक टोली परिचालन भएको छ ।

गाउँपालीकाले २ नम्बर वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणका लागि स्टे«न्थ डेभलपर्स प्रा.लीले स्थलगत अध्ययन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । सम्भाव्यता अध्ययनका लागि गाउँपालीका र प्रा.लीबीच चार लाख ९४ हजार रुपैयामा सम्झौता भएको छ । असार १६ गतेभित्र अध्ययन प्रतिवेदन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । भुगर्भबिदहरुको टोलीले सुरुङ मार्गको भौतिक, आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय विषयमा अध्ययन गरेर प्रतिवेदन दिनेछ ।

एउटै बस्ती र एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट तिन हजार पाँच सय मिटर उचाईको देउराली धुरी पार गर्दै कम्तीमा आठ घण्टा पैदल हिड्नुपर्छ । उकालो, ओरालो, जंगल र भिरको बाटोको पैदलयात्रा अत्यासलाग्दो हुने गर्छ । हिउँदमा हिउँ परेपछि पैदलमार्ग समेत अवरुद्ध हुने गर्छ । भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । सवारी साधन आवत जावत गर्ने, नभए पैदल मार्फत आवत जावत गर्नका लागि भएपनी सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाई छ ।

सडक पुगेको मुनादेखि गुर्जासम्म खच्चर मार्फत सामान ढुवानी गर्दा प्रतिकीलो २१ रुपैया लाग्छ । २३० घरधुरी छन्त्याल र दलीत समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडिवुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । ढोरपाटन शिकार आरक्षसंग जोडिएको गुर्जाका बासिन्दा भौगोलिक बिकटताका कारण आधारभुत स्वास्थ्य उपचार सेवाबाट बञ्चित भएका छन् । बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन र बढी तौल भएका निर्माण सामाग्री ढुवानी गर्न हेलीकप्टरको प्रयोग गर्नुपर्ने बाध्यता छ । लुलाङ गाउँको शिरानदेखि गुर्जाको वनथान भन्ने ठाउँलाई सुरुङ मार्गले जोड्न सकेमा आठ घण्टाको पैदलयात्राको समयअवधि दुई घण्टामा छोटीने वडा अध्यक्ष छन्त्यालले बताए ।

सुरुङ मार्ग बनेपछि सहज यातायात सुबिधासंगै पर्यटक भित्र्याउने, तामा, फलामी खानी सञ्चालन गर्ने, जडिवुटी खेती, भेडाबाख्राको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्भाव्यता अध्ययन गरेपछि सुरुङ मार्ग निर्माणका लागि प्रदेश र संघीय सरकारसंग योजना भित्र्याउन पहल गरिने गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।