गाउँपालिकाको समस्या बुझ्न गाउँमै पुगे बलदेव

  • ८ चैत्र २०७३, मंगलवार
  • 4293 पटक पढिएको

4

म्याग्दी, ७ चैत ।  म्याग्दीमा विवादीत बनेको रघुगंगा गाउँपालिकाको केन्द्रबारे बास्तविकता बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनितीक सल्लाहकार चक्रमाणी खनाल (बलदेव) गाउँमै पुगेका छन् । वाईसिएल म्याग्दीको जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका खनालले रघुगंगा गाउँपालिकामा समावेश तत्कालिन गाविसहरुको बस्तुस्थिति बुझ्नका लागि गाउँमै पुगेर सोमबार निरिक्षण गरेका हुन् ।

3

खनालले पिप्लेको आँटरीको डिलबाट त्यस क्षेत्रको बस्तुस्थिति बुझेका हुन् । उनलाई रघुगंगा गाउँपालिका मौवाफाँट केन्द्र नागरिक आन्दोलन संघर्ष समितिका विनोद केसी, रिम कटुवाल, भबबहादुर भण्डारी, हरि भण्डारी लगायतले गाउँपालिकामा समावेश गाविसहरुको भौगोलिक कठिनाई र समस्याहरुबारे जानकारी गराएका थिए ।

2

उनीहरुले रघुगंगा गाउँपालिकामा आपायक पर्ने नागरिकहरुले मौवाफाँट केन्द्र नबनेर सेवा लिन पाखापानी जानुपर्ने अबस्था आए बेनी नगरपालिकामा समावेश गर्न सुझाब दिएको भन्दै खनाल मार्फत सरकारलाई यथासक्य छिटो समस्याको निकास निकाल्न अनुरोध गरेका थिए ।

नेपाल सरकारले आयोगको सिफारिस अनुसार रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकेपनि भौगोलिक कठिनाईको कारण अपायक पर्ने पिप्ले, भगवती, बेगखोला क्षेत्रका बासिन्दाहरुले विरोध जनाउँदै आन्दोलित बनेका छन् । उनीहरुले बहुसंख्यक नागरिकलाई प्रशासनिक सुगमता र भोगोलिक अनुकुलता हुने गरि गाउँपालिकाका केन्द्र मौवाफाँट बनाउनुपर्ने माग गर्दै आएका छन् ।

1

भौगोलिक भूवनोट अनुसार वारीका नागरिक पारि गएर सेवा सुविधा लिन कठिनाई हुने देखिएकाले उचित निकासको लागि प्रधानमन्त्री प्रचण्ड मार्फत आबश्यक पहल गर्ने प्रमुख सल्लाहकार खनालले प्रतिक्रिया दिए ।

सो क्रममा निरिक्षणमा पुगेका नेकपा माओवादी केन्द्र म्याग्दीका इन्चार्ज मानबहादुर बुढा मगरले रघुगंगा गाउँपालिकाको केन्द्रको विवाद साम्य पार्न सरकारले मन्त्रीस्तरिय निर्णय गर्न आबश्यक रहेको भन्दै निर्वाचन अगाबै समस्यालाई समाधान गर्न खनालको ध्यानकर्षण गराएका थिए ।