चसेर सहित पक्राउ

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • 2249 पटक पढिएको

म्याग्दी ३१ जेठ । म्याग्दीको मालिका गाउँपालीका २ रुमबाट करिब एक किलो लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले ९२० ग्राम बराबरको कालो रङको चरेश सहित रुमका ३९ वर्षिय नोकबहादुर रोकालाई पक्राउ गरेको हो ।

सुराकीको आधारमा घर खानतलासी गर्ने क्रममा सेतो पलास्टिकमा टेपले बेरी राखेको अवस्थामा भेटिएको चरेश सहित रोकालाई बुधबार बेनी ल्याइएको थियो । रोका विरुद्ध लागुऔषध सम्बन्धि मुद्दा दायर गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो ।