अन्नपूर्ण गाउँपालिकाद्धारा ज्येष्ठ नागरिकहरुलाई सम्मान

  • २८ जेष्ठ २०७५, सोमबार
  • 3019 पटक पढिएको

म्याग्दी, २८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न सुरु गरेको छ । ८० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न थालिएको हो ।

ज्येष्ठ नागरिकहरुको बिगतको योगदानको सम्मानका लागि हरेक व्यक्तिलाई एक वटा बल्याङ्केट प्रदान गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले बताउनुभयो ।

ठुलोबगरमा आयोजित एक कार्यक्रममा ज्येष्ठ नागरिक जितमान कार्की र श्रीमती कार्कीका दम्पतीलाई गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष केशमायाँ मगर लगायतले बल्याङ्केट प्रदान गर्दै ज्येष्ठ नागरिकहरुको सम्मान गर्ने अभियानको सुरुवात गर्नुभएको हो ।

गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई सम्मानको लागि प्रतिगोटा रु १ हजार ९९५ मुल्य बराबरको ५०० थान बल्याङ्केट खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकको सम्मानको लागि गाउँपालिकाले रु ९ लाख ७५ हजार बराबरको सामाग्री खरिद गरेको छ । उहाँका अनुसार, हरेक वडाका वडा अध्यक्ष मार्फत घरघरमा बल्याङ्केट पु¥याएर ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न सुरु गरिएको छ ।