राप्रपाद्धारा निर्वाचन कार्यालयमा धर्ना

  • ७ चैत्र २०७३, सोमबार
  • 1771 पटक पढिएको

बेनी ७ चैत । पार्टीको बिधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्मन्धि वाक्यांश हटाइदिएको बिरोधमा सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार बेनी स्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ । IMG_4359

राप्रपाका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचन, पुर्व सहायक मन्त्री जगतप्रसाद गौचन, जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्री, पुर्व अध्यक्ष एकेन्द्रबहादुर रावल लगायतका नेताहरुको टोलीले कार्यालय घेराउका साथै आयोगमा ज्ञापनपत्र पठाएका छन् ।

दिउँसो १२ बजेदेखि एक घण्टा कार्यालय घेराउ गरेका राप्रपाका नेताहरुको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । आयोगले यसअघि राप्रपाको विधान संविधानसंग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धि वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो ।

स्वतन्त्र बिचार बोक्न पाउनुपर्ने संवैधानिक अधिकारमा आयोगले कुठाराघात गरेको राप्रपाको आरोप छ । संविधानको धारा ४(१) को व्यवस्था संसोधन गर्न राप्रपाले संसदमा संसोधन प्रस्ताव दर्ता गराएको छ । धारा ४ (१) मा रहेको धर्म निरपेक्ष भन्ने पदावलीको सट्टा पूण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र राख्न संसोधनमा माग गरिएको छ ।