कति पल्ट तिम्रो बारे भन्दै म्युजिक भिडियोमा आए मुनाका भण्डारी (भिडियो सहित)

  • २६ जेष्ठ २०७५, शनिबार
  • 3239 पटक पढिएको

म्याग्दी, २६ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका – ३ मुना फलियागाउँका किसान भण्डारीले म्यूजिक भिडियोमा डेक्यू गरेका छन् । अहिले काठमाण्डौमा बस्दै आएका भण्डारीले चर्चित गायक राजेश पायल राइको ‘कति पल्ट तिम्रो बारे’ बोलको गितको म्युजिक भिडियोमा अभिनय गरेका हुन् ।

भण्डारी संगै उक्त म्युजिक भिडियोमा रितु तामाङ, सानु लामा, सुसिला मम्बाले समेत अभियन गरेका छन् । म्यूजिक भिडियोको जोन राई र सुनिता वाईबाले निर्देशन र छायाङ्कन जनक राज अधिकारीले गरेका थिए ।

मायाँप्रेम संग सम्बन्धि उक्त गितको म्युजिक भिडियोलाई यूटुवबाट सार्वजनिक गरिएको छ । आफ्नो पहिलो मोडलिङ यात्रामा धेरैबाट सकरात्मक प्रतिक्रिया आएको भन्दै कलकार भण्डारीले आगामी दिनमा समेत साँगेतिक यात्रालाई अगाडी बढाउने बताए ।