शिशुकल्याण मावि अर्मनको ५० औँ बार्षिकउत्सब सुरु

  • २१ जेष्ठ २०७५, सोमबार
  • 3877 पटक पढिएको


बविता विश्वकर्मा/ म्याग्दी, २१ जेठ । मंगला गाउँपालिका ६ अर्मनमा रहेको शिशु कल्याण माविको ५० औँ बार्सिक उत्सब तथा चन्दा सङ्कलन अभियान सुरु भएको छ । तिनदिन सम्म संचालन हुने विद्यालयको बार्षिकत्सव एवम् चन्दा संकलन कार्यक्रमको उद्घाट्न आईतबार ४ नम्वर प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुनले गरेकी हुन् ।
सो बार्षिकत्सव एवम् चन्द्रा संकलन कार्यक्रममा बोल्दै मन्त्री पुनले विद्याथीहरुको मनोविज्ञान बुझेर ब्यवहारिक शिक्षा तर्फ विकास गर्न शिक्षक, विद्यार्थी र अभिभावककोे महत्वपुर्ण भूमिका हुने बताएकी थिईन । विद्यालयभित्र विद्यार्थीले सिकेका ज्ञानहरु दैनिक जीवनमा लागु गर्दै समाजको लागि दक्ष जनशक्ति प्रमाण्ति गर्ने जिम्मा विद्यालयका शिक्षकको भएको भन्दै समय सन्र्दभ शिक्षालाई प्राथमिकता दिन आग्रह गरेकी थिईन । सरकारी विद्यालयको सेवा सुविधा गुणस्तर भएमा विस्तारै बोडिङ स्कुल जाने विद्यार्थी कम हुने बताईन ।

उनले देशमा महिलाहरु पाठेघर क्यान्सरबाट ग्रसित धेरै भएको हुदाँ यस्तो समस्या सहज उपचारका लागि ४ नम्बर प्रदेशमा क्यान्सर हस्पिटल बनाउने योजना रहेको जानकारी गराईन ।
त्यस्तै सो बार्षिकत्सव कार्यक्रममा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाको समृद्धिको लागि गुणस्तर तथा प्राविधिक शिक्षा आवश्यकता भएको बताउदै यसको लागि आवश्यक सहयोग गर्ने गाउँपालिकाले सहयोग गर्ने बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर रोकाको अध्यक्षतामा सुरु भएको बार्षित्सवमा बरिष्ठ लोक गायक खड्क गुर्वजा, गायक राम गगन र स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुती देखाएका थिए ।

मङला गाउपालिकाका स्रोत ब्यक्ती डेक बहादुर बानिया, मोनाका अध्यक्ष चक्रबहादुर थापा, गाउपालिका उपाध्यक्ष सृजना केसि, बिधालयका खेल शिक्षक केशब कंडेल, धौलागिरी गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्याल शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा बिधालयका प्रधानध्यापक चित्र बुढाथोकीले बिधालयमा भएको प्रगती विवरण सहित योजना प्रस्तुत गरेका थिए ।

शिक्षक वीर थापाको सुभकमना मन्तव्य रहेको कार्यक्रममा चन्दा सङ्कलनका ब्यबस्थापक शिक्षक गोबिन्द रोकाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन समारोहको दिन बिधालयमा २०२६ सालदेखिका २०५८ सालसम्म अध्ययन गरेका भुतपुर्व बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो । ३ दिनसम्म संचालित उक्त बार्सिक उत्सवमा अभिभावक, भुतपुर्व बिद्यार्थीहरु र अध्यनरत विद्यार्थीहरुका लागि खेलकुद संगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने बिधालयका शिक्षिका उमा देबि कंडेलले जानकारी दिईन ।