ओखरबोटकी एक महिला र दुई बालक एक सातादेखि सम्र्पक बिहीन

  • २० जेष्ठ २०७५, आईतवार
  • 7050 पटक पढिएको

म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटकी एक महिला र दुई बालक एक हप्तादेखि सम्र्पक बिहीन भएका छन् । ओखरबोटकी २६ वर्षिया कल्पना, उनका छोरा १० वर्षिय रोहीत र ७ वर्षका हेमन्त पुन जेठ १३ गतेदेखि सम्र्पक बिहीन भएका हुन् । कल्पनाले विगत ४ वर्षदेखि दरवाङमा डेरा लिएर छोराहरुलाई पढाउन बसेकी थिईन् ।

दुवै बालकहरु स्थानीय केबी एकेडेमीका विद्यार्थी हुन् ।  परिवारका सदस्य, माईती र आफन्तहरुलाई कुनै जानकारीनै नदिई सम्र्पक बिहीन भएकी कल्पना र छोराहरुको प्रहरी मार्फत खोजी गर्दा समेत अहिलेसम्म फेला नपरेको जेठाजु हिरा पुनले बताउनुभयो । कल्पनाका श्रीमान थगेन्द्र रोजगारीको शिलशिलामा बिदेशमा हुनुहुन्छ ।

प्रहरी र आफन्त मार्फत खोजी गरिएपनी नभेटिएपछि परिवारका सदस्य निराश भएका छन् । जेठ १३ गते दरवाङ देखि काठमाडौ छुट्ने रात्री बसमा बेनी सम्म आएको सूचना पाएपनी त्यसपछि उनीहरु कहाँ गए भन्ने केही पत्ता नलागेको पुनले बताउनुभयो । उनिहरुलाई कतै देखे, भेटेमा नजिकको प्रहरी चौकी तथा ९७४६७१३०९३ र ९८६६०९८८९२ मा सम्र्पक गर्न अनुरोध गरिएको छ ।