द्वन्ददर्पण र सन्देश

  • १३ जेष्ठ २०७५, आईतवार
  • खिमबहादुर केसी
  • 3063 पटक पढिएको

चलेकै थियो राजाको शासन सामन्ती खालले ।
सामन्तवाद फाल्न जनयुद्ध छेड्यो ५२ सालले ।।
०५२ देखि जनयुद्ध चल्यो ०६३ सम्ममा ।
नेपाली जनता कठिनले बाँचे बारुदको गन्धमा ।।

हजारौँ मेर, बेपत्ता कति, कोही भए घायल ।
तिनका खातिर कसले राखौ हिसावको फाईल ।।
यो शान्ति भुमि नेपालभित्र द्वन्दका घाउहरु ।
पार्टीको आडमा छोडि देऊ नेता बन्ने दाउहरु ।

के गर्न खोज्यौ नेताले यँहा जनतालाई मारेर ?
के लाभ लियौ गाउँघरका जहान विचल्ली पारेर ?
देशको भलो नगर्नेहरु के नेता बनेको ?
यो शान्ति क्षेत्र विश्वलाई चिनाऊ बुद्धले भनेको ।।

अति नै भयो देशमा हाम्रो विनाशको उदय ।
आपसमा लड्यौ कति ज्यान गयो कसको भो बिजय ?
के को लागि लड्यौ देशभित्र हामी कतिलाई मा¥यौ त?
ज्यानको मोल रगतको सिचाई कुन बेर्ना सा¥यौ त ?
द्वन्दको असर परेछ निकै नेपाली गाथामा ।

रगतको छिट्टा परेछ हेर त्यो सगरमाथामा ।।
नेपाली हामी भएर जन्म्यौ गर्नुथ्यो गौरव ।
एउटै सन्तान खै किन भयौ पाण्डव र कौरव ।।

संविधान बनाऊ शान्तिलाई ल्याउन गरेर जयजय ।
त्यसैमा हामी सबैको हुन्छ अवश्य विजय ।।
शान्तिलाई जगमा मिलाई राँखौ विकासको सिँडिलाई ।
नपरोस भौग्न युद्धका पिडा ती आउने पीडिलाई ।।

खिमबहादुर केसी
जनक्रान्ति ( सहिद परिवार) ,हाल बेनी

 

खिमबहादुर केसी