जलजला गाउँपालिकाको केन्द्र यसरी टुङ्ग्याउँ

  • ४ चैत्र २०७३, शुक्रबार
  • 7068 पटक पढिएको

mjj

हालै घोषित संविधानले नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको छ । जुन कुरा हामी सबैले स्विकार गरिसकेका छौ । यसै अन्तर्गत पर्वत जिल्लालाई पनि स्थानीय राजनीतिक दलहरुको सहमतिमा दुई नगरपालिका र पाँच गाउँपालिकामा बिभाजन गरिएको छ । यसै अन्तर्गतको एक गाउँपालिका हो जलजला गाउँपालिका ।यश गाउँपालिका अन्तर्गत साबिकका सात गाबिसहरु बाँसखर्क,माझफाँट,लेखफाँट,सालिजा,धाईरिङ,नागलिवाङ र बनौ रहेका छन। भने साबिकको बाँसखर्क गाबिसलाइ जलजला गाउँपालिकाको वडा नं एक , माझफाँटको छ,आठ र नौ वडालाई दुई नं वडा माझफाँटकै तीन र सात वडालाइ वडा नं तीन, माझफाँटकै चार,पाँच दुई र एक वडालाइ वडा नं चार तोकिएको छ । 

त्यस्तै साबिकको लेखफाँट गाबिसलाई वडा नं पाँच, सालिजालाई छ र धाईरिङलाई सात नागलिवाङलाइ आठ र बनौलाई नौ नं वडा तोकिएको छ । छिमेकी जिल्ला म्यादीका दुइ गाउँपालिकामा देखियको विवाद सर्दै यश गाउँपालिकामा पनि आइपुगेको छ ।

केन्द्र सरकारले साबिकको माझफाँट गाबिसको गाबिस कार्यालयलाई यश गाउँपालिकाको केन्द्र तोके पछि माझफाँट गाबिसकै लुङ्दी बासीहरु र धाइरिङ गाबिस लागायतका मिलनचोक बासिहरुले यो अवैज्ञानिक भयो भन्दै बिरोध जनाइ रहेका छन । एकाथरिले माझफाँटलाइ केन्द्र नमान्ने र अर्कोथरिले मिलनचोकलाइ केन्द्र नमान्ने । यस्तो अबस्थामा मध्यमार्गी बाटो वा उपाय अपनाउनु नै उत्तम देखिन्छ ।

र यसको मध्यमार्गी बाटो हो फट्केढुङ्गालाई केन्द्र बनाउनु । र यश गाउँपालिकाको केन्द्रका लागि फट्केढुङ्गा निम्न कारणहरुले उपयुक्त छ ।

नं १ यातायात

फट्केढुङ्गालाइ मिलनचोक माझफाँट हुँदै लेखफाँट सडक खण्ड र बेनि भुर्तुला माझफाँट सडकले दुइतिर बाट जोडेको छ ।भने अर्कोतिर फट्केढुङ्गा हम्पाल जलजला (जलजला जुन स्थान बाट यो गाउँपालिकाको नामाकरण गरिएको छ ) पर्यटकीय मोटर बाटो केन्द्रिय योजना बाटै निर्माणाधिन अबस्थामा छ ।

यो बाटोको विशेषता के रहने छ भने लेखफाँट , सालिजाको बजार सम्मको दुरि छोट्याउने मात्रै होईन ठोठ्नेरी उपल्लो धाईरिङ र बनौलाइ समेत केन्द्र सँग जोडने छ । भने मिलनचोक हुँदै माझफाँट लेखफाँट सडक खण्ड केही लामो भयो भन्ने गुनासो माझफाँट बासिहरुको छ ।त्यसको लागि सालघारिको घुम्ती बाट गौडाको डिलमा एकघुम्ती हानेर फट्केढुङ्गा जोडियो भने मिलनचोक देखि फट्केढुङ्गा सम्मको दुरि पन्ध्र मिनेटको हुने छ । जसले गर्दा यो बाटोको दुरि मात्रै घट्ने होईन हाल बस्ती बिस्तार हुँदै गैरहेको पचैया पनि यातायात सँग जोडिने छ ।

नं २ विद्युत

 फट्केढुङ्गा विद्युतको राष्ट्रिय प्रसारण लाइन सङ्ग जोडिएको छ ।

नं ३ खानेपानी

साबिकको माझफाँट गाबिसको पचहत्तर प्रतिशत खानेपानीको माग यहिका स्रोतले पूरा गरेको छ र बिगतमा बस्ती बिस्तार भयको खण्डमा पनि त्यो मागको पुर्ती गर्न सक्ने क्षमता राख्दछ ।

नं ४ उपयुक्त भु-भाग 

हरेक प्रसासनिक कामकारबाहीका लागि आवश्यक भवनका लागि सरकारी अथवा ब्यक्तिगत जग्गाजमिन प्रस्सत हुनु । साथै विभिन्न सडक खण्डहरुले जोडिएको भौगोलिकताका हिसाबले पनि सबैलाई पायक पर्ने । यि र यस्तै-यस्तै सबै कारणहरुले गर्दा जलजला गाउँपालिकाको केन्द्र बारे देखियको बिबादको समाधानको मध्यमार्गी बाटो वा उपायका लागि फट्केढुङ्गा उत्तम विकल्प हो ।                                                                

सुनिल हमाल माझफाँट पर्बत हाल मलेसिया