प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेमको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका पुन फाइनल प्रवेश

  • १० जेष्ठ २०७५, बिहीबार
  • 3692 पटक पढिएको

म्याग्दी, १० जेठ । काठमाण्डौमा जारी प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेम– २०७५को राष्ट्रिय प्रतियोगितामा म्याग्दीका एक बाल खेलाडी फाइनलमा प्रवेश गरेका छन् । कराँते खेल तर्फ प्रदेश नम्बर ४ बाट सहभागिता जनाएका बिपिन पुन ३४ केजी तौल समुहमा प्रतिस्पर्धाबाट फाइनलमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय प्रतियोगितामा म्याग्दीबाट सहभागीता जनाएका कराँते तर्फका एक्ला खेलाडी पुन नै आफ्नो तौल समुहमा फाइनलमा प्रवेश गर्नु जिल्लाकै खेलक्षेत्रको लागि खुसीको कुरा भएको कराँते खेलका प्रशिक्षक विरेन्द्र श्रेष्ठले बताए । पुन जिल्ला हूँदै प्रदेश नम्बर ४ मा समेत प्रतिस्पर्धाबाट छनौट भइ राष्ट्रिय प्रतियोगितामा सामेल भएका थिए । कक्षा ६ देखि ८ सम्म अध्ययनरत १४ बर्ष मुनीका खेलाडीहरुको उक्त समुहमा फाईनलमा बिजयी भए पुनले गोल्ड मेडल हात पार्नेछन् ।