ज्यामरुककोटमा स्वास्थ्य शिक्षा तथा परिवार नियोजनसम्बन्धी कार्यक्रम

  • १० जेष्ठ २०७५, बिहीबार
  • 1447 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, जेठ १० । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा बिहीबार स्वास्थ्य शिक्षा तथा परिवार नियोजनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । ‘सन्तान करले होइन, रहरले जन्माऔं’ भन्ने नारासहित परिवार नियोजन सुदृढीकरण कार्यक्रम सिप्फो टु म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।  कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले राज्यले स्वास्थ्यका क्षेत्रमा ठूलो लगानी गरेकाले परिणाम आउने गरी काम गर्नुपर्ने बताएकी छिन् ।

उनले समुदायस्तरमा स्वास्थ्य शिक्षाको विषयमा बुझाउनुपर्ने आवश्यकता रहेको भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिइन् । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले बढ्दै गैरहेको गर्भपतन र जनसङ्ख्या वृद्धिदरलाई न्युनीकरण गर्न परिवार नियोजनको स्थायी र अस्थायी साधनहरुमा पहुँच पु¥याउनुपर्ने बताए । सन्तानको रहर पुगेका दम्पतिहरुले परिवार नियोजन गरेर व्यवस्थित परिवार बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाई छ ।


कार्यक्रममा सिप्फो टुका व्यवहार परिवर्तन तथा सञ्चार संयोजक राधाकृष्ण डुम्रेले परिवार नियोजन सुदृढीकरण कार्यक्रम र संस्थामार्फत उपलब्ध सेवासुविधाको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा स्वास्थ्य संयोजक गौतम, सुपरभाइजर रेग्मी र सञ्चार संयोजक डुम्रेले सहजीकरण गरेका थिए । यसैबीच कार्यक्रमको अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपनाका लागि वडास्तरीय खोप समन्वय समिति एवं सरोकारवालाहरुको अन्तत्र्रिmया र वैठक गरिएको छ ।

उक्त कार्यक्रममा ज्यामरुककोट स्वास्थ्यचौकीका सिअहेव चन्द्रबहादुर मल्ल, अहेव खगराज निउरे, अनमीद्वय राधादेवी राना र करुणा थापाले आर्थिक वर्ष २०७३/७४ र ०७४/७५ मा खोपको अवस्था, प्रगति, खोप केन्द्रमा पूर्ण खोप पाएका बच्चाहरुको जानकारी लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रम बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापाको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज होमनाथ पौडेलको सञ्चालन र सिअहेव चन्द्रबहादुर मल्लको स्वागतमा सम्पन्न भएको थियो ।