‘मिडियामा महिलाहरुको मुद्धा’ सम्वन्धि अन्तक्रिया

  • १० जेष्ठ २०७५, बिहीबार
  • धिरन खत्री
  • 2379 पटक पढिएको


म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल संचारकर्मीहरुसंग मिडियामा महिलाहरुको मुद्धाबारे समस्या तथा गतिविधि सम्वन्धि अन्तक्रिया गरिएको छ । सिविन नेपालको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयोजनमा भएको अन्तक्रियामा जिल्लामा महिलाको अवस्था र मिडियामा महिला पहुच कसरी पु¥याउने भन्ने सम्वन्धमा अन्तक्रिया गरिएको हो ।


लैङ्गिक विभेद तथा परम्परागत हानिकारक अभ्यास विरुद्ध समाजमा महिलाहरुलाई कसरी महिलाहहरुलाई शसक्तिकरढा गर्न सकिन्छ, भन्ने अन्तक्रिर्या कार्यक्रममा बोल्दै बेनी नगरपालिका उप–मेयर सञ्जु बरुवालले आर्थिक सशक्तिकरणमा महिलाहरुको भुमिकाको कुरा गरिरहदाँ ग्रामिण भेगमा लुकेर रहेको महिलाको समस्या र उनीहरुको वास्तविक आवाजलाई समेट्न क्रियाशिल संचारकर्मीलाई आग्रह गरेकी थिईन । महिलाहरुलाई घरको आर्थिक अवस्थाको जिम्मेवारीसंगै सामाजिक जिम्मेवारी बढेको हुदाँ अशिक्षाको कारण शंकाको दृष्टिकोण हेरिनु गलत भएको भन्दै मिडियाले यसलाई उत्थान गर्न आग्रह गरिन । संघिय संरचनाअनुसार महिलाहरुको सक्रिय सहभागि हरेक क्षेत्रमा हुनुपर्ने भन्दै मिडियामा पनि महिला पत्रकार सक्रिय रहनुपर्ने बताएकी थिईन ।


सो कार्यक्रममा उपस्थित संचारकर्मिहरुसंग नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले मिडियामा महिला मुद्धासम्वन्धी जिल्लाको गतिविधि, अवस्था र तिनिहरुको समस्या कसरी समाधान गर्न सकिन्छ विषयमा अवधारणा प्रस्तुत गरेका थिए । अध्यक्ष शर्माले बैदेशिक रोजगार विकास भएसंगै घरायसी आर्थिक जिम्मेवारी बढेपछि ब्यवस्थापनको अभावले सम्वन्ध विच्छेद जस्ता घटना सिर्जना हुने, कानुन प्रक्रियामा ब्यवहारिक रुपमा महिलाहरुलाई कठिनाई सिर्जना भएको भन्दै जिल्लाबाट राजनीति, शिक्षा, खेलकुद, ब्यवसाय लगायतको क्षेत्रमा सहभागिताबारे जानकारी गराएका थिए । त्यस्तै सिविन नेपालका कार्यकारी निर्देशक सुलिन नेपालले संस्थाले नेपालमा गर्दै आएको गतिविधिबारे जानकारी गराएका थिए । भने सिविन नेपालका जिल्ला संयोजक प्रेम सोङ्गमेलले जिल्लामा संस्थबाट भइरहेको गतिविधि जानकारी गराएका थिए ।


सो छलफल कार्यक्रमा पत्रकार घनश्याम खड्काले स्थानीय संरचनाअनुसार न्यायिक समितिको जिम्मेवारी उपमेयर र उपाध्यक्षलाई भएपनि कानुनी ज्ञानको अभावले कुन घटनालाई गोप्य राख्ने कुन घटनालाई मिडिया ल्याउने अन्योलताले महिलाहरुको मुद्धाहरु विशेष रुपमा सम्वोधन हुन नसकेको गुनोसो गरेका थिए । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, सचिव गोरनाग सुवेदीको संचालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ४ का सदस्य सन्तोष गौतमको उपस्थित भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l