पुन र गुरुङ्ले ल्याए पन्चेबाजामा “नौमतीको धुन” (भिडियोसहित)

  • ८ जेष्ठ २०७५, मंगलवार
  • तिलु शर्मा पाैडेल
  • 4054 पटक पढिएको

दोहा कतार । मगर भन्ने बितिकै लाहुरे भनेर दिमागमा पहिले आउनु स्वाभाविक हो । बिस्व बजारमा जहाँ नेपालि पुगेका छन त्यहा म्याग्देली पुगेकै हुन्छन त्यसमाथि पनि मगर नपुग्ने सबाल नै छैन। म्याग्दी मगरहरुको बाहुल्यता भएको जिल्ला हो । यस्तो अबस्थामा नेपालि साँगितिक फाटमा मगर नपुगेको होला यो कल्पना बाहिरको कुरा हो ।

बिसेष त् म्याग्देली गायकहरुलाई सालैजो गायक पनि भन्छन । तर म्याग्दीले नेपालि सांगीतिक क्षेत्रमा हरेक विधाको कलाकार दिएको छ । तिनै कलाकारहरुको नाम लिदा अग्र पङ्क्तिमा आउने नाम हो कुमार पुन । साबिकको देबिस्थान गाबिस हालको मालिका गाउपालिका म्याग्दीमा जन्मिएका हुन् पुन ।पुन तिनै हुन् जसले रहरै रहरमा करिब २० बर्ष पहिले पहिलो गित रेकर्ड गरेर नेपालि सांगीतिक फाटमा पाइला बढाएका थिए l बिचमा केही समय ओझेल परेका पुन २०७० सालको अन्त्यतिरबाट पुन सांगीतिक फाटमा दिल ज्यान दिएर लागेका छन । हाल सम्म २ दर्जन भन्दा बढी गीतमा आफनो जादुमयी स्वर भरेका पुनले “नौमतीको धुन” बोलको पन्चेबाजाको नयाँ गित बजारमा ल्याएका छन् ।

भद्र,सालिन तथा सभ्य गीतकारका रुपमा परिचित रमेस बिजिको लय सब्दमा तयार पारिएको गीतमा पुनलाइ शर्मिला गुरुङले स्वरमा साथ दिएकी छिन । कल्याण राना र दिलसरा गुरूँगको अभिनय रहेको म्युजिक भिडियोलाई अहिलेका व्यस्त निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले छायाँकन गरेका छन । बिस्नु शर्माले सम्पादन गरेको भिडियोलाइ मगर समुदायको बैबाहिक परम्परालाइ महत्व दिइएको छ ।भिडियोलाई पुनले आफनै निजि YOUTUBE च्यानलबाट बजारमा ल्याएका छन ।

तिलु शर्मा पाैडेल