भगवतीमा विधुत सट भएर घरमा आगलागी हुदाँ २५ लाखको क्षती

  • ७ जेष्ठ २०७५, सोमबार
  • धिरन खत्री
  • 3518 पटक पढिएको


म्याग्दी, ७ जेठ । विधुत सट भएर घरमा आगलागि हुदाँ रघुगंगा गाउँपालिका २ राखु भगवती खड्कमारेमा (घुमाउनेघर) २५ लाखको क्षेती भएको छ । विहान ७ बजे विद्युत सट भएर आगलागि हुदाँ जगिन्द्र भण्डारीको घरसंगै नगद समान जलेर सो बराबरको क्षती भएको हो ।

विद्युत सट भएर आगलागि हुदाँ जगिन्द्र भण्डारीको घरसहित ४ लाख नगद पैसा, १३ तोला सुन, अन्नपात, लताकपडा जलेर नष्ट हुदाँ २५ लाख बराबरको क्षेती भएको राखु भगवती इलाका प्रहरी कार्यालयका प्रमुख ओमबहादुर बोकटीले जानकारी दिए । स्थानीयबासीकोृको सक्रियतामा आगो नियन्त्रण गरिएको छ । नजिक जोडिएको घर स्थानीयबासीको सक्रियतामा जोगिएको छ । आगलागिबाट कति क्षेती भएको थप जानकारीका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ।


सो आगलागिबाट ठुलो परिणामा क्षति भएको हुदाँ पीडित परिवारका लागि आवश्यक सहयोग गरिदिन स्वदेश तथा विदेशमा रहेका राखुबासीलाई आग्रह गरिएको छ । तस्विरः सागर भण्डारी, भगवती

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l