सुखी म्याग्देली समृद्ध म्याग्दी

  • ६ जेष्ठ २०७५, आईतवार
  • 2888 पटक पढिएको

अम्मर बानियाँ /म्याग्दी, ६ जेठ । नेपालको मान चित्रमा म्याग्दी कहाँ छ भन्ने विषय संगै जलस्रोत कृषि, जडीबुटी वन पैदावारसंगै सबै भन्दा महत्व पूर्ण कुरा पर्यटन हो कीन की ?कास्की, मुस्ताङ डोल्पा रुकुम बागलुङ, पर्वतले छिपाएर राखेको छ । २०९७.०६ वर्ग की,मी भू–भागमा फेलीएको सामुन्द्रीक सतहबाट ७८२ मी देखी ८१६७ मी उचाई रहेको मात्र ८ प्रतिशत समतल भूमि ५६ प्रतिशत, उच्च पहाड ३६ प्रतिशत हिमाली क्षेत्र छ । मात्र १० प्रतिशत खेतीयोग्य गर्न सकिने जमीन ५ प्रतिशत चरन क्षेत्र ४० प्रतिशत वनजंगल ४५ प्रतिशत भीरपाखा, वगर छ । २०६८को जनगणना अनुसार जनघनत्व घरधुरी संख्या बस्ती ५७९ वटा छन् । जस्मा मगर, क्षत्री, कामी व्राह्मण, सार्की, दमाई, छन्त्याल, थकाली, नेवार, गुरुङ, दशनारी, आदी लगायत जनजातीहरु अन्यश्री सदभावमा मीलेर बसेका छन् ।

यस जिल्लामा अवस्थीत हिमशीखर, हिमनदी, उच्चपहाड, धुरी टाकुरा, नदी झरना ताल, तातोपानीका कुण्डहरु वनस्पती जंगली पशुपन्छी, धार्मीक मठमन्दिर साँस्कृतीक ऐतीहासीक स्थल विभिन्न जाती, जनजातीका जीवन प्रद्धती रितिरिवाज र परम्परा देखी चल्दै आएका अनौठो संस्कृतीहरु यस जिल्लाका पर्यटकीय आकर्षणका खानी हुन् । म्याग्दी जिल्लामा आउने पर्यटकहरुको संख्या ब्यवस्थीत हुन सकेको छैन् तापनी खासमा विश्व प्रसिद्ध उत्कृष्ट पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्ग अन्तरगत घोडेपानि क्षत्र र धौलागिरि परीक्रमाका लागि लक्षीत गरी उल्लेख पर्यटक आउने गरेका छन् । म्याग्दी जिल्लामा नेपालमा प्रजातन्त्रको आगमन संगै विदेशी पर्यटक आउनेको संख्या पनि बढ्दै गैरहेको भएतापनी आर्थिक बर्ष ०५५÷५६ बाट भने नेपालमा द्धन्दको कारण पर्यटक आगमनको संख्या विस्तारै घट्न थाल्यो। २०६२/६३ को सफल आन्दोलन पछी विस्तारै बढदै गैरहेको छ । हालका वर्षहरुमा आन्तरीक तथा बाह्य पर्यटकको संख्या बार्षिक ७५ हजारसम्म पुगेका छ ।

समृद्ध म्याग्दीका लागि पर्यटकीय सम्भावनाहरु;

१) पर्वतारोहण

नेपाल सरकारले म्याग्दीलाई हिमाली जिल्लाको सुचीमा नराखेका तापनी म्याग्दी हिमाली जिल्ला नै हो । जिल्लाम धौलागिरि हिमश्रृखला अन्नपुर्ण श्रृंखला निलगिरि चुरने हिमाल, गुजाए हिमाल लगायत दर्जनौ हिमचुचुराले म्याग्दीलाई काखमा राखेका छन् । सुवीधायुक्त होटल, संचार, सुरक्षा सुविधायुक्त बाटो जस्ता पुर्वाधारको विकास हुन सके म्याग्दीमा पर्वतारोहण गर्न आउने पर्यटकको संख्या थेग्नै नसक्ने गरी बढ्नेछ ।

२. दृश्यावलोकन तथा पदयात्रा

म्याग्दी विश्वकै उत्कृष्ट १० पदयात्रा सुचीमा परेको अन्नपुर्ण पदयात्रामा पर्ने तातोपानी घोरपानी, पुनहिल, अन्धगल्छी, रुप्से झरना, बेनी, गलेश्वर, रुईसे– भेडिओढार, नेपालकै अग्ला र लामो पुल क्षत्रमा पर्यटकको संख्या उत्साह जनक छ । त्यस्तै म्याग्दी खोला किनाराबाट ताकम धौलागिरि परिक्रमा सदरमुकाम बेनीबाट दरवाङ धारापानी मुना लम्सुङ जलजला हुदै ढोरपाटन डोल्पा परीक्रमा जस्ता पदमार्गहरु अन्तर राष्ट्रिय रुपमै चर्चित छन् ।
त्यस बाहेक जिल्लामा लामा तथा छोटा पदमार्ग निर्माण गर्न सकिने थुप्रै संम्भावना छन् विकासको गतीसंगै पदमार्गहरु जोखीममा परीरहेको वर्तमान अवस्थामा पदमार्गको पनी विकल्प दिनुपर्दछ । बेनी गलेश्वर राखु भगवती, रईसे– भेडीओढार हुदै वेगको धुरीबाट धौलागिरि आईसफल ट्रेक लन्चीङको पखाईमा छ ।
त्यस्तै, बेनी पुलाश्रम जगन्नाथ टोड्के पाखापानी घ्यासीखर्क पदमार्गको पुर्वाधार निर्माणको चरणमा छ । यस बाहेक, बेनी गलेश्वर दमिँजा चिमखोला धौलागिरि बेस बनाई कालापानी मुस्ताङ पदमार्ग निर्माण गर्न सकिन्छ । बेनी पुलाश्रम टोड्के मालिका, विम मराङ खीवाङ हुदैँ धौलागिरि परिक्रमा भर्जिन पदमार्ग हुदैछ । बेनी गौश्वारा, स्वार्गाश्रम झाँकीपानी कीमचौर चाँगा अर्मन, निस्कोट रुम ओखरबोट देवीस्थान ताकम कोट, मुृना, खोरीया जलजला ढोरपाटन लामो पदमार्ग, बेनी देखी दरवाङसम्म म्याग्दी नदीको देव्रे किनारबाट ( सडक यातायातले त्यही डिस्टप नगर्ने) ताकम हुदै मुदी अर्चे गुर्जा तातोपानी घुर्म गुर्जा ढोरपाटन पर्यापदमार्ग जस्ता अनेकौँ लामा छोटा पदमार्गको विकास गर्न सकीने संम्भावना प्रशस्तै छन् ।

३. ग्रामीण पर्यटन

म्याग्दी जिल्ला मगर जातिहरुको बसोबास बढी भएको जिल्ला हो, छन्त्याल, गुरुङ, क्षत्री, व्राह्मण, कामी दमाईको एकीकृत बस्ती भएको र यहाँ फरक फरक गाउँका फरक फरक खालका संस्कृति चालचलन बोलीचाली, रहनसहन पनि फरक छ । यसका बारेमा प्रचारप्रसार गर्न अर्कै पर्यटकलाई गाउँघर घुमाउने साथी बनाउने संम्वन्ध जोड्ेने जसवाट ग्रामीण पर्यटन विकास हुन सक्छ ।

पर्यापर्यटन, घरबास, ¥याफटिङ तातोपानी, हनी हन्टीङ, रकक्लाइम्वीङ माउन्टेन वाईरिङ हन्टीङ लगायत आन्तरिक पर्यटनको स्थीति पनी एकदमै चलीरहेको छ ।
हाल प्रचारमा आई पर्यटक गन्तव्यको रुपमा घोरेपानी पुनहिल, मोहरेडाँडा, खयरक्षेत्र, तातोपानी भुरुङ तातोपानी सिंगा, ढोरपाटन, धौलागिरि बाहेक लवहील, केभहिल, गौश्वारा, पुलाश्रम जगन्नाथ, टोड्के, मालीका स्वर्गश्राम भकीम्ली, झाक्रीपानी बंरजा, अर्मनको चाँगा, निस्कोट, घारेपानी गरासँे जंगल, देवीस्थानको गुराँसे जंगल, ताकम कोट, मालीका, गुर्जा, चरेन हिमाल, गुर्जा हिमाल ढोरपाटन शिकार आरक्ष जलजला क्षेत्रलाई पर्यटक गन्तव्य स्थलके किावस गर्न सकिन्छ ।
म्याग्दी भ्रमण बर्ष सफल बनाउन गर्नुपर्ने कार्यः– म्याग्दी जिल्लामा विभिन्न पक्षबाट हेर्दा पर्यटनका क्षेत्रमा ति कार्यका लागि निम्न कुरामा विषेश जोड दिनुपर्छ ।

१. ब्यापक प्रचारप्रसार
२. पर्यटन सेवाको ब्यवस्थापन र पूर्वाधार निर्माण
३. पदमार्गको विकास, विस्तार
४. संस्थागत प्रयास
५. ऐतीहाँसीक तथा पुरातात्वीक संम्पदाको संरक्षण
६ सुरक्षाको प्रत्याूुती
७. सबै पर्यटन सम्भावनालाई बुकलेट, व्रोसर, पोस्टर र वृतचित्र उत्पादन गनुपर्दछ ।

रणनीतिक योजना बनाई पर्यटन विकास गर्न सकिन्छ ।पर्यटन क्षत्रबाट आर्थिक उन्नती गर्न म्याग्दी प्रर्याप्त आधारहरु, संसाधन र सम्भावना विमान छ भन्ने कुरा सबैमा जानकारी छनै, उपलब्ध स्रोतसाधनलाई यथोचीत प्रयोग गर्दै हरेक सम्भावनालाहरुलाई अधिकत्तम हदसम्म बास्तवीकतामा परिणत गर्न उपयुक्त रणनीति स्पष्ट योजनाको खाँचो छ ।