“उसको डायरी” को चर्चा र स्रष्टा सम्मान

  • ५ जेष्ठ २०७५, शनिबार
  • 2780 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी । हीरा शर्मा “सङ्घर्ष”द्वारा लिखित “उसको डायरी” नामक उपन्यासको शनिबार बेनीमा चर्चा परिचर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजनामा बुलबलमा हीरा तथा उसको डायरीको चर्चा परिचर्चा कार्यक्रम सँगै अग्रज स्रष्टालाई सम्मानीत गरिएको छ । बेनी नगरपालिका–४, सिंगाकी स्रष्टा शर्माको पहिलो कृति उसको डायरी ३ वर्ष पहिले प्रकाशन भएको थियो । २०३७ सालमा जन्मीएकी शर्मा साहित्यिसँगै सामाजिक काममा क्रियाशिल रहँदै आएकी छिन् । गजल, कविता, आख्यानमा विशेष कमल चलाउने शर्माद्वाँ लिखित उसको डायरी उपन्यासको चर्चा परिचर्चामा बोल्ने बक्ताहरुले उपन्यासले नेपाली समाजमा रहेका महिलाहरुको अवस्थालाई उजागर गर्ने प्रयत्न गरेको बताए । बालशखा र जनयुद्धले नेपाली समाज परेको प्रभावका बारेमा उपन्यास लेखिएको समिक्षक गंगा बानियाँको भनाई छ ।

नीरमाया र कान्छी दुई बालशखाको वरीपरि घुमेको उपन्यास सहज र सरल भाषामा लेखिएकोले सबैले सहजै बुझ्न सकिने उनको भनाई । कार्यक्रमका प्रमुख अतिथी बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवालले साहित्यले समाजमा भएका घटनाहरुलाई शब्दको माध्यमबाट सुन्दर रुपमा प्रस्तुत गर्ने बताइन । उनले म्याग्दीको साहित्यको विकासका लागि आफूले सक्दो पहल समेत गर्ने प्रतिबद्धता जाहेर गरिन । सर्जक शर्मा आफैमा संघर्षशील नारी भएकोले समाजले उनीबाट धेरै अपेक्षा गरेको समेत बताईन ।


पाठकसँग साक्षात्कार गर्दै लेखक शर्माले उसको डायरी आफूसँगै आम नेपालीको ययार्थ घटना भएको बताईन । उपन्यास लेखनका क्रमका घटनाहरु सम्झदै उनले जीवनमा आफूले भोगेका पीडाहरु, परिस्थितीलाई उपन्यास मार्फत व्यक्त गरेको बताईन । उपन्यास लेख्दै गर्दा पलहरु स्मरण गर्दै शर्माले कयौ रातहरु आसु र कम्प्युुटरका किवोर्डका साहारामा विताएको बताईन ।

सोही कार्यक्रमको अवसरमा अग्रज स्रष्टालाई समेत सम्मानीत गरेको छ । रघुगंगा गाउँपालिका ३ का ८५ वर्षिय केशबप्रसाद सुवेदीलाई सम्मानपत्रद्वारा सम्मानीत गरेको हो । संस्थाले अग्रज साहित्यकारहरुलाई सम्मानीत गर्दै आएको छ ।

कार्यक्रममा म्याग्दी साहित्य संचारका संरक्षक चन्द्रबहादुर लामिछाने, नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठ, नारायण पौडेल, रेखा कौशल रेग्मी, गणनाथ पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए । हिक्मत ढकाल, सुमन केसी, गोविन्द सुवेदी, अञ्जु पौडेल लगायतले रचना बाचन गरेका थिए । म्याग्दी साहित्य सञ्चारका अध्यक्ष लोकनाथ भुषालको अध्यक्षता दीपक शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारका उपाध्यक्ष सन्दीप खत्रीले गरेका थिए । अनेसासा धौलागिरीको सह आयोजना, लायन्स क्लव अफ बेनी महारानी र मेधावी बुक्स सेन्टरको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।