गुर्जा र मल्कवाङलाई संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि गाउँपालिकाको सिफारिस

  • ३ जेष्ठ २०७५, बिहीबार
  • धिरन खत्री
  • 3248 पटक पढिएको


म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जा र ५ नम्वर वडा मल्कबाङ्गलाई विशेष संरक्षित तथा स्वायत्त क्षेत्र घोषणा लागि गाउँपालिकाले सिफारिस गरेको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा विहिबार मुनामा बसेको कार्यपालिका बैठकले स्थानीय सरकार संचालन एन २०७४ दफा ९९ अनुसारले गुर्जालाई उपदफा २ को क, ख र ग, र मल्कवाङलाई ख अनुसार विशेष संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको हो ।

निणर्य कार्यान्वयनका लागि संघिय र प्रदेश सरकारमा प्रक्रिया अघि बढाएको कार्यपालिका प्रवक्ता तथा गुर्जाका अध्यक्ष झक छन्त्यालले जकाकारी दिएका छन् । भौगोलिक रुपमा विकट गुर्जा र मल्कवाङ अल्पसंख्यक छन्त्याल जातीको वहुल्यता रहेका बस्ती हो ।

त्यसैगरि वडा नम्वर ७ ताकमको कुटीचौर क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरिएको छ । गाउँपालिकाको केन्द्रको जग्गा प्राप्तीको लागि जग्गा ऐनअनुसार जग्गा खरिद प्रक्रिया अघि बढाउनका लागि अध्यक्ष पुनको अध्यक्षतामा वडा ४ का पुर्व पुन, वडा ६ का राजाराम सुवेदी र कार्यपालिका सदस्य तिनमाया घर्ति र देउप्रसाद छन्त्याल सदस्य रहेको सहजीकरण समिति गठन भएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l