म्याग्दीमा सिजिको नेपाल आईस बजारमा

  • ३ जेष्ठ २०७५, बिहीबार
  • 1409 पटक पढिएको

म्याग्दी,३ जेठ । विश्वका धनी व्यक्तिहरुको सुचिमा रहेका चौधरी गु्रपले बजारमा ल्याएको नेपाल आईस बियर म्याग्दीमा डिलर सुरु गरिएको छ । म्याग्दीमा सक्षम ब्रर्दश प्रालिले म्याग्दी,मुस्ताङ्ग लगायतका क्षेत्रलाई समेट्ने गरि नेपाल आईसलाई बजारमा ल्याएको छ ।
२१औ शताब्द्धीका युवाहरुलाई चाहिने मात्रा र युवा पुस्ताले धेरैनै रुचाईएको बियर मध्य एक नेपाल आई अन्य ब्राण्डको तुलनामा फरक रहेको डिलर सञ्चालकको भनाई छ ।

कम मुल्य तर स्वाद उहि भएकोले पनि युवाहरुको र बाह्य पर्यटकहरुको रोजाईमा पर्ने नेपाल आईसका पश्चिमाञ्चल मार्केटिङ्ग म्यानेजर मनोज घिमिरेले जानकारी दिएका छन । म्याग्दीमा ब्यवसाय सुरु गरेका युवा ब्यवसायी मनोज कार्कीको सक्षम ब्रर्दश प्रालिले म्याग्दीमा जेठ १ बाट बजारमा बियर लन्ज गरेको हो । ग्रामिण भेग र पर्यटकीय स्थलहरुमा यसको माग बढ्दो रहेको कम्पनीले जनाएको छ ।