प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड

  • २ जेष्ठ २०७५, बुधबार
  • 2082 पटक पढिएको

बेनी २ जेठ । सरोकारवालाहरुले प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड दिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार बेनीमा आयोजना गरेको जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकका सहभागीहरुले सुरक्षित प्रसुती, परिवार नियोजन सेवाको पहुँच वृद्धी र गर्भपतनलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् ।

सुआहारा र मिलन म्याग्दीले व्यवस्थापन गरेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाईजर नारायण रेग्मीले प्रदेश ४ र म्याग्दीमा प्रजनन् स्वास्थ्यको अवस्था सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता, तथ्याङ्क सहायक बसन्त पोखरेलको सञ्चालन र निमित्त जिल्ला स्वास्थ्य प्रमुख डाक्टर बिराट शर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ लिलाधर अधिकारी लगायतको उपस्थिती रहेको बैठकले घार, बेगखोला र निस्कोट स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य अवस्थाको विषयमा अनुगमन र विभिन्न ठाउँमा परिवार नियोजन शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ ।