मराङको बेशिमा रहेको मन्दिरको जिर्णोद्धार

  • २ जेष्ठ २०७५, बुधबार
  • 1763 पटक पढिएको

म्याग्दी २ जेठ । धौलागिरि गाउँपालिका ६ मराङको बेशिमा रहेको धार्मीक महत्वको हरिहर मन्दिरको जिर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयबासीले मन्दिरको मर्मत सम्भार गरेर जिर्णोद्धार गरेका हुन् । वडा कार्यालयका प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको चार लाख रुपैया र स्थानीयबासीको पचास हजार रुपैया बराबरको श्रमदानमा मन्दिर जिर्णोद्धार गरी धार्मीक बिधी अनुसार शिव मुर्ती र शिवलिङ्गको प्रतिस्ठापन गरिएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण उपाध्यायले बताउनुभयो ।

कच्चि अवस्थामा रहेको मन्दिरको पर्खाललाई पलास्टर गर्नुका साथै एक तला थप गरिएको छ । काठको खामो हटाएर सिमेन्टको पक्कि पिल्लर बनाइएको छ । मन्दिरको बाहिरी भागमा पिसीसी ढलान गरिएको छ । वि.स २०५० सालमा निर्माण भएको मन्दिर जिर्ण भएकाले मर्मत गरिएको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

हिन्दु धर्मावलम्बिका भगवान शिवको मुर्ती रहेको मन्दिरमा बालाचर्तुदशी, शिवरात्री, हरितालीका तिज, रामनवमी, अक्षयतृतीया, कृष्णजन्माष्टमी, शिवरात्री, साउन पूर्णीमा लगायतका पर्वमा बिशेष पुजाआजा हुने गर्छ ।

नियमित रुपमा दैनिक नित्य पुजा गरिने मन्दिरमा पुजाआजा र दर्शन गरेमा पाप नास भई पुण्य मिल्ने पुजारी तारानाथ उपाध्यायले बताउनुभयो । मन्दिर परिसरको घेराबार र नदी नियन्त्रणको समेत आवश्यकता रहेको छ ।