मालिका डान्स आईडलको उपाधी मिनालाइ

  • ३१ बैशाख २०७५, सोमबार
  • 2627 पटक पढिएको

पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवले आयोजना गरेको प्रथम मालिका डान्स आईडलको उपाधि पोखराकी मिना पुन मगरले जित्न सफल भएकी छिन् ।

आइडलमा सहभागीहरुलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । उपाधीसँगै उनले नगद ३५,०००।– सहित ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, म्युजिक भिडीयोमा अभिनय गर्ने र १ महिनासम्म दिप ज्योति कला साँस्कृतिक मंच पोखरामा निःशुल्क नृत्य प्रशिक्षणमा भाग लिने अवसर प्राप्त गरेकी छिन् । त्यसैगरी दग्नामकी सुस्मिता गर्बुजाले द्वितिय स्थान हासिल गरेकी छिन् । उनले नगद २० हजार सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् ।

झिकी सन्जु गर्बुजाले स्थान स्थान हासिल गरीन् । तृतीय स्थानसँगै उनल नगद रु १५ हजार सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । दुखुकी ममता रोका मगर र नारच्याङकी सान्ता तिलिजा सान्त्वना भए । उनीहरुले पनि नगद पुरस्कार प्राप्त गरेका थिए ।


बुद्ध जन्म जयन्तीको अवसरमा क्लबले विभिन्न खेलकुद तथा मालिका डान्स आइडलको आयोजना गरेको थियो ।

२० गतेबाट सुरु भएको आइडलको विभिन्न चरणहरु सञ्चान गर्दै २९ गते फाईन गरिएको कार्यक्रम संयोजक तेजिन्द्र पुनले बताए । क्लवले आयोजना गरेको उक्त कार्यक्रमबाट लुकेर रहेको प्रतिभा प्रष्फुटनको माध्यम भएको आयोजकले बताएको छ । साना साना बच्चादेखि २०,२२ वर्षसम्मका नृत्यमा रुचि राख्नेहरुले आइडलमा सहभागिता जनाएका थिए ।