“जन्ती र मलामी” बजारमा अाएपछी……………. (भिडियाे सहित)

  • ३० बैशाख २०७५, आईतवार
  • तिलु शर्मा पाैडेल
  • 4720 पटक पढिएको

दोहा कतार । नेपाली साँगितिक जगतमा म्याग्दीको अलग पहिचान र छाप छ । यहि क्षेत्रमा आफनो छुटै स्थान बनाउन सफल गायक हुन राजन भुजेल बिस्वकर्मा। म्याग्दी जिल्लाको राखु पिप्लेमा जन्मिएका भुजेल ब्यबसाय संगै गित सङ्गीतको क्षेत्रमा सक्रिय कर्म गरि रहेका छन ।२०५१ सालमा पहिलाे गित रेकर्डिङ गरेर सांगीतिक पाइला अघि बढाएका भुजेलको २२ औ एल्बमको रुपमा “जन्ती र मलामी” बजारमा आएको छ । फरक विधाका सब्द सिर्जना गर्न माहिर म्याग्दीकै फौद कटुवाल बिन्दासको शब्द लेखन रहेको गीतको लय भने ऋषि खड्काले सिर्जना गरेका हुन ।

राजन भुजेल विश्वकर्मा र म्याग्दीकै निकै चर्चित गायिका कृष्णा परियारको स्वरमा तयार भएको गीतलाइ भिडियोमा अहिलेका ब्यस्त निर्देशक प्रकास भट्टले उतारेका छन । माया प्रेम र बिछोडको कथामा रहेको उक्त गितको भिडियोमा बिमल अधिकारि र सारिका केसीले दमदार अभिनय गरेका छन । उक्त गीतको भिडियो राजेस घिमिरेले खिचेका हुन् ।

अब्बल सिनेमाटोग्राफी रहेको उक्त भिडियो गलेश्वर म्युजिक सेन्टरको प्रस्तुतिमा बनेको हो भने भिडियोलाई भुजेलले आफ्नै व्यक्तिगत you tube च्यानल मार्फत डिजिटल मार्केटमा सार्बजनिक गरेका छन ।

तिलु शर्मा पाैडेल