आर्चरी प्रतियोगिता सम्पन्न

  • २ चैत्र २०७३, बुधबार
  • सन्तोष गौतम
  • 2523 पटक पढिएको

बेनी २ चैत । बेनीमा बुधबार आर्चरी (तारो हान्ने खेल) प्रतियोगिता सम्पन्न भएको छ । थकालीहरुको प्रमुख चाड तोरन्हको अवसरमा थकाली सेवा समिती बेनी क्षेत्रले प्रतियोगिताको आयोजना गरेको हो ।

IMG_4228

थकाली समुदायका चारचन समूहबीच भएको प्रतियोगितामा शेरचन समूह प्रथम र गौचन समूह दितृय भएका छन् । शेरचन समूहका रामप्रसाद शेरचन उत्कृष्ट खेलाडी घोषित हुनुभएको समितिका सचिव सुन्दरमान शेरचनले जानकारी दिनुभयो ।

प्रथम र दितृय हुने समूहलाई नगद सात हजार र पाँच हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । समितिका अध्यक्ष जगनारायण शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य गोपालप्रसाद भट्टचन, उपाध्यक्ष कृष्णकुमार शेरचनल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।फागुन २८ गतेदेखि सुरु भएको थकाली समुदायको तोरन्ल पर्व बुधबार औपचारीक रुपमा समापन भएको छ ।

सन्तोष गौतम