म्याग्दीलाई चिनाउन ‘भ्रमण बर्ष–२०७५ मनाउन लागेका हौँः अध्यक्ष कर्माचार्य (भिडियो सहित)

  • २५ बैशाख २०७५, मंगलवार
  • 3756 पटक पढिएको

म्याग्दी, २५ वैशाख । पर्यटकीय सम्भावनायुक्त म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेकाले म्याग्दी भ्रमण बर्ष मार्फत यसलाई प्रचार प्रसार गर्ने र पर्यटन आगमन बढाउने लक्ष्य रहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो ।

जिल्लामा रहेका ६ वटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्न भ्रमण बर्ष सहयोगी बन्ने अध्यक्ष कर्माचार्यको भनाई छ । वैशाख ३० गते औपचारिक रुपमा म्याग्दी भ्रमण बर्षको उद्घाटन गर्ने तयारि गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बिशेष उपस्थितिमा बेनीमा सभ्य समारोह आयोजना गरि भ्रमण बर्षको सुभारम्भ गरिनेछ । भ्रमण बर्षको तयारी र उदेश्यबारे म्याग्दी अनलाईनका सम्पादक कमल खत्रीले म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यसंग गरिएको कुराकानी हेर्नुहोस ।