माउण्ट एभरेष्टले सम्पन्न ग¥यो माउण्ट साँझ–२०७३

  • २ चैत्र २०७३, बुधबार
  • कमल बानियाँ
  • 2837 पटक पढिएको

    जिल्ला सदरमुकाम बेनीबजारस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले सोमबार माउण्ट साँझ–२०७३ सम्पन्न गरेको छ ।     कार्यक्रममा विशेष गरी यस बर्षमा भएका जिल्ला स्तरीय प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै मनोरञ्जनात्मक प्रस्तुती राखिएको थियो । जिल्लाको लोकसंस्कृतिलाई बचाउन तथा विद्यालयमा रहेका प्रतिभालाई मञ्च दिनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजु केसीले बताउनु भयो ।IMG_4795

धौलागिरी मावि सिंगाले आयोजना गरेको सिंगा कप, सरस्वती मावि सिंगा तातोपानीले आयोजना गरेको तातोपानी कप, केवि एकेडेमी दरबाङले आयोजना गरको दरबाङ कप, जेसीज कप, माउण्ट कप, हाजिरीजवाफ प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रपती कप लगायतका प्रतियोगिताका खेलाडी एवं विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको थियो ।
त्यसै गरी कार्यक्रममा विद्यालयमा रहेको अतिरिक्त क्रियाकलाप क्लबले विद्यालयको गीत सहित उत्कृष्ट प्रस्तुती रहेको थियो । IMG_4802

त्यस्तै विद्यालयमा रहेका विद्यार्थीहरुले आ–आफ्ना सालैजो, कौडा, यानीमाया, शिरमा फूल लगायतका गीतमा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयको प्राईमरी ब्लकको प्राङ्गणमा सम्पन्न कार्यक्रममा  विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै जिल्ला लोकप्रिय लोकगायक ध्रुव जिसी, माउण्ट प्रतिभा प्रष्फुटन कार्यक्रम–२०७२ की विजेता प्रजु विश्वकर्मा, मोडल रविना भण्डारी, लोकगायक रवि कार्की, हास्यव्यङ्ग्य कलाकार विकास फगामी र लक्ष्मण विश्वकर्मा लगायतको विशेष प्रस्तुती रहेको थियो । IMG_5146

कक्षा नर्सरीदेखि कक्षा– १२ सम्मका विद्यार्थीहरुले गीत, नृत्य, हास्यव्यङ्ग्य लगायतका विधा गरी करिब ३ दर्जन प्रस्तुती राखेका थिए ।
कार्यक्रम विद्यालयका संस्थापक÷व्यवस्थापक सुरत केसीको सभापतित्व, उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष जीवनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता, लोकगायक ध्रुव जिसीको विशिष्ट आतिथ्यता, विद्यालयका प्रिन्सिपल राजु केसीको स्वागत तथा कार्यक्रम सम्बन्धी जानकारी मन्तव्य तथा शिक्षक कमल बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमल बानियाँ