दोहामा राष्ट्रिय कलाकारहरु सम्मानित

  • ९ बैशाख २०७५, आईतवार
  • तिलु शर्मा पौडेल
  • 1617 पटक पढिएको

दोहा कतार । नुवाकोट सेवा समाज दोहा कतारले आयोजना गरेको नयाँ बर्ष धमाका २०७५ मा आफनो सांगीतिक प्रस्तुति राख्न कतार आएका कलाकारहरु सम्मानित भएका छन । राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान कतार शाखा र स्याङ्जा सहयोग समाज कतारले सयुक्त रुपमा हिजो साँझ एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । उक्त कार्यक्रमलाइ समाजका अध्यक्ष धनन्जय लम्सालले प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका का.बा.अध्यक्ष शक्ति क्षेत्रीले सभापतित्व गरेका थिए ।

नज्माको युनिक  रेष्टुरेन्टको हलमा समपन्न भएको कार्यक्रममा नुवाकोट सेवा समाजका सल्लाहकार नारायण भण्डारि, स्याङ्जा सहयोग समाजका सस्थापक उपाध्यक्ष तथा बर्तमान कार्यसमितिका सल्लाहकार पूर्ण केसी, भेषराज पराजुली प्रतिष्ठानका सचिब हरि बिनोद अधिकारि, कोषाध्यक्ष शिवराम ढकाल लगायतका बिशेष अतिथि रहेका थिए भने दुवै सस्थाका कार्यसमितिका पधाधिकारिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

घनश्याम जैसीलको स्वागत मन्तब्यसंगै अघि बढेको कार्यक्रममा बोल्ने अधिकांशले कलाकारहरुको व्यक्तिगत तथा सांगीतिक जिबन सफलताको कामना गरे ।  नुवाकोटेले गरेको सफल कार्यक्रमको प्रशंसा गर्दै कलाकार सम्मानको लागि समय उपलब्ध गराएकोमा धन्यबाद प्रकट गरेका थिए । आफनो मन्तब्यको क्रममा भण्डारीले दोहामा कलाकार ल्याउदा पनि विभेद र झन् सम्मान गर्दा आफनो जिल्ला,जात धर्म हेरेर गर्ने प्रचलन ब्याप्त रहेको बेला स्याङ्जा र प्रतिष्ठानले मिलेर विभेद रहित गरि सबै कलाकारलाई समान दर्जा दिएर सम्मान गरेकोमा खुसि व्यक्त गर्दै धन्यबाद दिए ।

उक्त कार्यक्रमबाट गायक तथा संगीतकार रुपक डोटेल, रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नुवाकोट साखाका उपाध्यक्ष तथा भर्सटायल गायक मदन थापा र त्यस्तै धादिंङ साखाकी कोषाध्यक्ष तथा म्यन्दोमाया गायिका मनमाया वाइबा र प्रतिष्ठानकै चावहिल एरिया समिति सदस्य स्मृति गौतम सम्मानित भएका हुन् । समाजले सम्मान पत्र तथा खादा र प्रतिष्ठानका तर्फबाट दोसल्लाले सम्मान गरिएको थियो । सम्मान ग्रहण पछी बोल्दै कलाकारहरुले प्रवासको व्यस्त समयको बाबजुद कलाकारको सम्मानार्थ जुट्ने दुवै सस्था प्रति आभार सहित क्षमता र प्रतिभालाई पहिचान गरि फरक फरक ठाउको कलाकारलाई स्टेज प्रदान गरेकोमा खुसि व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लम्सालले स्याङ्जा जिल्लाको जुनसुकै कलाकार कतार आउदा सस्थागत सम्मान गर्ने गरेको र कहिल्यै पनि फरक जिल्ला,जातजाति भनेर विभेद नगरिएको बताए । सस्थाले कतारमा मात्र नभएर जिल्लाको बिकासमा पनि बिशेष योगदान दिएको बताए । अर्जुन बिक घिमिरेले सहजीकरण गरेको कार्यक्रममा सभापति क्षेत्रीले प्रतिष्ठान कतारमा भर्खर रोपिएको बिरुवा भएको र यसलाई थपमलजल गर्दै अघि बढ्न आवस्यक रहेको भन्दै महत्वपूर्ण समय प्रदान गरेकोमा नुवाकोट समाज परिवार र कलाकारहरुलाई धन्यबाद दिदै समापन गरेका थिए ।

तिलु शर्मा पौडेल