टायर प्रशोधन गरि हस्तकला उद्योग सञ्चालन (फोटो फिचर)

  • ५ बैशाख २०७५, बुधबार
  • कमल खत्री
  • 5414 पटक पढिएको

म्याग्दी, ५ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा टायर प्रशोधन गरि हस्तकलाका सामान बनाउने उद्योगको डिलर सञ्चालन गरिएको छ । जलजला गाउँपालिका– ३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका– २ भगवतीका सुगम खत्री र डेनिश थापाले बेनी स्थित शिक्षा मार्गमा टायरबाट उत्पादीत समानहरुको ‘ढिकी जातो हस्तकला’ उद्योगको डिलर सुरु गर्नुभएको हो ।

साढे ४ बर्षसम्म जापानमा बसेर फर्किएका मल्लाजका केसीले पर्वतको लस्तीमा १० रोपनी जग्गा भाडामा लिएर टायरबाट हस्तकलाका सामाग्रीसंगै घर, रेष्टुरेन्ट, बगैचा र होमस्टेको लागि सजावतका सामाग्री निर्माण गर्ने उद्योग सञ्चालनमा ल्याउनुभएको थियो । उक्त उद्योगबाट उत्पादीत सामाग्रीहरुको बजारीकरणको लागि उद्यमीत्रयले बेनीमा संयुक्त रुपमा डिलर सञ्चालनमा ल्याउनुभएको हो ।

अहिल उक्त उद्योगमाट टायरबाट टि टेवल सेट, डायनिङ टेवल सेट, कुर्चि, ¥याक, बच्चाहरुको कुर्चि, टेवल, ऐना, मोडा, गमला, सजावटको सामाग्रीहरु उत्पादन हुने गरेको उद्योगका सञ्चालक केसीले बताउनुभयो । वातावरणमा खेर जाने टायरलाई प्रशोधन गरि उक्त उद्योगले घाम र पानीबाट समेत कुनै क्षती नहुने हस्तकलाका सामान उत्पादन गर्दै आएको छ । सञ्चालकहरुको अनुसार, टायरबाट कुर्चि, टेवुल लगायतका सामाग्री बनाउने यो उद्योग नेपालमै पहिलो भएको दावि गरिएको छ ।

‘‘ जापानमा रहँदा टायर प्रशोधन उद्योगमै काम गर्ने अवसर आएको थिए, त्यहाँ शिकेको शिपलाई स्वदेशमै सदुपयोग गरि उद्योग सञ्चानलनमा ल्याएको हुँ, अहिलेसम्म ७० लाख बढी लगानी भैसकेको छ, टायर संगै बाँस लगायतका अन्य कच्चा पदार्थबाट समेत हस्तकलाका सामान बनाउने गरि उद्योगको क्षमता विस्तार गर्ने योजना छ’’– केसीले भन्नुभयो ।

अहिले उक्त उद्योगमा टायरबाट बनाईएका १५ प्रकारका सामाग्रीहरुलाई बजारीकरण गर्न थालिएको डिलरका अर्का सञ्चालक सुगम खत्रीले बताउनुभयो । उहाँका अनुसार, गुणस्तरीय र टिकाउ संगै आकर्षक समेत हुने भएपछि अहिले विभिन्न क्षेत्रबाट टायरबाट निर्मित कुर्चि, टेवुल, मोडा, गमला लगायतका समाग्रीको माग बढ्दो क्रममा रहेको छ ।

उक्त उद्योगले बेनीमा सञ्चालनमा ल्याएको डिलरको बुधवार उद्घाटन गर्दै म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले नकुहिने रबर र टायरबाट कुर्चि, टेवुल लगायत सजावटको सामाग्री निर्माण गर्न सकिने नयाँ प्रविधिको प्रयोग गरिएको यस उद्योगले वातावरण संरक्षणमा समेत टेवा पुग्ने बताउनुभयो । अहिले यस उद्योगमा ३ जना अन्य व्यक्तिहरुले समेत रोजगारि पाएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l