सालैजो नृत्य प्रतियोगिता सम्पन्न

  • २९ फाल्गुन २०७३, आईतवार
  • 1879 पटक पढिएको

म्याग्दी, २९ फागुन । बेनीको माउन्ट एभरेष्ट आवासीय माविमा गठन भएको नेपाल मगर विद्यार्थी संघको आयोजनामा २२ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा पाँचौ सालैजो लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । मगर समुदायको सांस्कृतीक पहिचान मानिने सालैजो नृत्यको संरक्षणका लागि जागरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको हो । mm

आठ वटा समूहले सहभागिता जनाएको प्रतियोगितामा माउन्ट एभरेष्ट आवासिय मावि प्रथम, बेनी बोर्डीङ आवासिय मावि दितृय, वुद्ध एकेडेमी तितृय र बेनी सामुदायीक मावि सान्तवना भएका छन् ।

प्रथम, दितृय, तितृय र सान्तवना हुने विद्यालयले मेडल र प्रमाणपत्र सहित क्रमश दगन १२ हजार, आठ हजार, पाँच हजार र तिन हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । ईकाई कमिटिका अध्यक्ष बिमल पुनको अध्यक्षता, सचिव लोक थापामगरको र सहसचिव पुजा रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, माउन्ट एभरेष्ट आवासिय माविका प्रिन्सीपल राजु केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।