प्रथम मालिका डान्स आईडल हुने

  • २७ चैत्र २०७४, मंगलवार
  • 2489 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी
म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवको आयोजनामा प्रथम मालिका डान्स आईडल हुने भएको हो । प्रतिभावान व्यक्तिमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने, कला संस्कृतिको जर्गेना गर्ने लगायतका उद्देश्य राखेर आईडल गर्न लागिएको हो । बुद्ध जयन्तीको अवसरमा प्रत्येक वर्ष आयोजना गर्दै आएको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमलाई फरक ढंगले सम्पन्न गर्ने उद्देश्यले मेला अन्तर्गत मालिका आईडलको आयोजना गरिएको आईडलका मूल संयोजक तेजिन्द्र पुन मगरले बताए । उनले भने–“हामीले गाउँघरमा लगाउने मेला पर्वले खेलाडिको प्रतिभा त प्रस्फुटन भएको छ तर साँस्कृति कार्यक्रम भनेर आयोजना गरेपनि वास्तविक कलाको प्रस्फुटन भएको छैन्, त्यसैले केही फरक गर्ने योजनाका साथ आईडल गर्न लागेका हौ ।” आई खुल्ला हुने भएकोले सबैले सहभागीता जनाउन पाउनेछन् । २०७५ बैशाख १७ गतेदेखि २३ गतेसम्म प्रथम मालिका आईडल आयोजना हुनेछ ।

आईडलमा प्रथम हुनेले नगद ३५,०००।– सहित ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, म्युजिक भिडीयोमा अभिनय गर्ने र १ महिनासम्म पोखरामा निःशुल्क नृत्य प्रशिक्षणमा भाग लिन पाउनेछन् । त्यसैले उपविजेता नगद २० हजार सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । तृतीय हुनेले नगद रु १५ हजार सहित ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने संयोजक पुनले बताए ।


त्यसैगरी आइडलसँगै तारोखेल, पुरुष भलिबल, पूरुष बास्केटबल, महिला भलिबल, पुरुष फुटबल लगायतका कार्यक्रमको समेत आयोजना गरिएको छ । मालिका युवा क्लबको मूल आयोजनामा सम्पन्न हुन गईरहेको कार्यक्रमको सह आयोजकमा जुनेली आमा समूह, प्रतिशिल नारी आमा समूह र जनकल्याण आमा समूह रहेका छन् । मालिका गाउँपालिका र मालिका गाउँपालिका वडा नं. ६ को कार्यालय सहयोगीको रुपमा रहेको क्लव अध्यक्ष पिरण रोका मगरले जानकारी दिए । बुद्धजयन्तीको अवसरमा १७ गतेबाट सुरु हुने कार्यक्रममा प्रत्येक दिन साझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक तथा साँस्कृतिक प्रस्तुति राखिने आयोजकले जनाएको छ ।