मोना कतारको नियमित बैठक सम्पन्न, मलेसियामा ज्यान गुमाएका रुमका रोका र परियारकाे परिवारलाई सहयोग गर्ने

  • २५ चैत्र २०७४, आईतवार
  • 2593 पटक पढिएको

कतार, २५ चैत । ‘‘प्रवासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टि’’ भन्ने मूल नाराका साथ सन् २००३ को मार्चमा मध्यपूर्वको देश दोहा कतारमा स्थापना भएको म्याग्दी प्रबासी नेपालि संघ रास्ट्रिय कार्यकारी समिति कतारले आफनो १४ औ मासिक तथा नियमित बैठक सम्पन्न गरेको छ । यस संगै गत मार्च ०९ मा सम्पन्न भएको १५ औ वार्षिकोत्सव तथा तेस्रो बिबिध सास्कृतिक कार्यक्रमको पूर्ण समिक्षा पनि गरेको छ ।


दोहामा अबस्थित मुन्तजामा सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा समपन्न भएको बैठकमा सस्थाका सस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय कार्यसमितिका उपाध्यक्ष प्रेम रसाइली, सचिब बिक्रम कार्की, केन्द्रिय सदस्य किरण साह सस्थाका सरक्षक ,सल्लाहकार तथा बरिस्ठ सदस्यहरु बिशेष अतिथि सहित अन्य पधाधिकारीहरुको बाक्लो उपस्थित रहेको थियो । सोहि बैठकले बिबिध सास्कृतिक कार्यक्रममा २९हजार ३३२ रियालको आर्थिक संकलन गरेको तथा २१ हजार ९२० रियाल खर्च गर्दै ७ हजार ४१२ रियाल नगद मुनाफा गरेको जानकारी दिएको थियो ।

उक्त मुनाफा रकमबाट केहि दिन पहिले बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा मृत्यु भएका म्याग्दी मालिका गाउँपालिका–२ रुमको बेलीका २९ बर्षिय धर्म बहादुर रोका  र बुद्धि बहादुर परियारको परिवारलाई  नगद  १२ हजार ५ सय का सदरले सस्थागत आर्थिक सहयोग गर्ने पर्तिबद्धता गरेको छ ।  उक्त रकम केहि दिनमै हस्तान्तरण गरिने जानकारी बरिस्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल बैठकमै गराएका थिए ।

यस अघि आँशिक समिक्षा गरिसकेको सस्थाले उक्त बैठकमा सास्कृतिक कार्यक्रमको बिबिध पक्षको पूर्ण समिक्षा गरेको छ । समिक्षा बैठकमा बोल्ने बक्ताहरु लगायत मोना कतारको सम्पूर्ण परिवारले मार्च ९ तारिकका दिनमा आयोजित सास्कृतिक कार्यक्रमलाइ भब्य तथा सभ्य बनाउन नेपाल देखि पाल्नु भएका कलाकार कतारमा स्थापित नेपालि कलाकार लगायत प्रायोजक, सह–प्रायोजक,बिशेष सहयोगि सामाजिक संस्थाहरु, बिशेष अतिथि , अतिथिहरु ,पत्रकार ,फोटोग्राफर, स्यंमसेबक , सुरक्षा गार्ड , टेक्निसियन लगायत सम्पुर्ण दर्शकहरुलाई हार्दिक आभार व्यक्त गर्दै धन्यबाद ब्यक्त गरेका थिए । सस्थाका महासचिब राजु पौडेलले सन्चालन गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले हरेक दिन नया सिकाइका दिन हुने भएको हुदा सम्पूर्ण कमी कमजोरीलाई सच्चाउदै अघि बढ्ने बाचा सहित मोना कतारलाई हरेक कोणबाट सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।