दसौ तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता सुरु (फाेटाे फिचर)

  • २३ चैत्र २०७४, शुक्रबार
  • 2889 पटक पढिएको

बागलुङ(बुर्तीवाङ) २३ चैत  बागलुङको ढोरपाटन नगरपालीका १ बुर्तीवाङमा शुक्रबारदेखि दसौ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बुर्तीवाङ क्षेत्रको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ समूहका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् ।


थकाली समुदायको पौराणीक तारो हान्ने खेलको संरक्षण, खेल प्रर्यटनको विकास र प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उद्घाटन गर्नुभयो । समितिले प्रत्येक दुईदुई वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको बिजेताले नगद पचास हजार रुपैया सहित गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले तिस हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तितृयलाई नगद बिस हजार, मेडल र प्रमणपत्र तथा चौथो, पाँचौ हुने समूहलाई छ हजार र चार हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।

सर्वोकृष्ट धनुषकर, बिशिष्ट धनुषकर, अनुसासीत टिम, जेष्ठ र कम उमेरका खेलाडीलाई पनी नगद तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक कृष्ण शेरचनले बताउनुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य तुलाचनले पर्यटन, सदभाव् र अनुशाषनका लागि खेलकुदको विकास आवश्यक पर्ने बताउनुभयो ।

सांसद तुलाचनले ढोरपाटन क्षेत्रमा पूर्वाधारको विकास गरि पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । ढोरपाटन नगरपालीकाका प्रमुख देवकुमार नेपालीले बुर्तीवाङलाई चिनाउन थकाली समुदायको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै प्रतियोगितालाई दुई लाख सहयोग र थकाली समाजघर संरक्षण योजनालाई आगामी वर्ष बजेट उपलब्ध गराउने बताउनुभयो ।

पर्यटन, निर्माण, होटल क्षेत्रमा बिशेष अनुभव सगालेका थकाली समुदायका अगुवाहरुलाई ढोरपाटनको पर्यटन विकासमा सघाउन आग्रह गर्नुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नुभएकी थकाली सेवा समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले थकालीका पुर्खाले सुरुवागत गरेको तारो खेलको संरक्षण र प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

समितिका महासचिव नरेशकुमार शेरचनले सञ्चालन र उपाध्यक्ष कृष्णप्रसाद शेरचनको स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा पूर्व अध्यक्ष खगेन्द्रप्रसाद भट्टचन (क) र काठमाडौ क्षेत्रका अध्यक्ष खगेन्द्रप्रसाद भट्टचन (ख) र बुर्तीवाङ नगर विकास समितिका पूर्व अध्यक्ष अर्जुन शेरचनले मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन हुनुपुर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बुर्तीवाङ बजार परिक्रमा गरिएको थियो ।