अभिनयको यात्रामा सुमन

  • २० चैत्र २०७४, मंगलवार
  • 2295 पटक पढिएको

मंगला गाउँपालिका ३ बरंजाका सुमन किसान अभिनयको यात्रामा अघि बढेका छन् । सानै उमेरदेखि मोडलिङ र अभिनयको क्षेत्रमा रुचि राख्ने किसानले “सधै तिम्रो जित हुँदा मेरो हार भयो” बोलको गीत मार्फत आफ्नो मोडलिङको करिअर सुरु गरेका हुन । अञ्जना गुरुङको आवाजमा रहेको उक्त गीत मार्फत किसानले अभिनय थालेका हुन । त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त गीतमा सुमन किसान, मेलिना राई र श्रीया दुलालसँग उनले रोमान्स गरेका छन् ।


बेनीबजारमा रोजगारी गर्दै आएका किसानले आफ्नो पहिलो प्रयास भएपनि सबैबाट राम्रो प्रतिक्रिया पाएको बताए । उनले भने–“सबैको सकारात्मक प्रतिक्रियाले अगाडि बढ्न अझ हौसला पाएको छुँ ।” आफूले अझै धेरै कुरा सिक्न बाँकी रहेको बताउँछन किसान । भर्खर मोड्लिङ्को क्षेत्रमा प्रवेश गरेका किसानले आगामी दिनहरुमा पनि अझै मेहनत गर्ने र अवसर पाएमा निरन्तर मोड्लिङ्को क्षेत्रमा लाग्ने बताउँछन् ।

मोड्लिङसँगै उनले अभिनयको यात्रा समेत सूरु गरेका छन् । म्याग्दीका युवायुवति मिलेर बनाएको सट मुभिमा समेत उनले अभिनय गरेका छन् । केही समयमा युट्युव मार्फत प्रसारण गरिने सट मुभिले आफ्नो अभिनयलाई अझै निखार्ने उनको विश्वास छ ।