राष्ट्रिय तेक्वान्डो प्रतियोगितामा म्याग्दीका परियार फाइनलमा प्रवेश

  • १६ चैत्र २०७४, शुक्रबार
  • 2321 पटक पढिएको

म्याग्दी, १६ चैत । संकटा क्लब र काठमाण्डौ महानगरपालिकाको आयोजनामा राजधानीमा जारी मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्डो प्रतियोगितामा म्याग्दीबाट सहभागि खेलाडि राजकुमार परियार फाईनलमा प्रवेश गरेका छन् ।

प्रदेश नम्बर ४ को तर्फबाट ६३ देखि ६८ तौल समुहमा प्रतियोगितामा सहभागी भएका परियारले तीन चरणको खेलमा बिजेता बन्दै फाइनल यात्रा तय गरेका हुन् ।

शनिवार हुने फाइनल खेलमा परियारले एपिएफका खेलाडीसंग पदक हात पार्नका लागि प्रतिस्पर्धा गर्ने टिम कोच शुसिल कुमार श्रेष्ठले जानकारी दिनुभयो । सो प्रतियोगितामा म्याग्दीबाट राजकुमार परियार संगै सुरेन्द्र बर्देवा, रस्मी श्रेष्ठ, सविना उचैमगरले सहभागिता जनाएका छन् ।