‘झिँ गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन

  • १३ चैत्र २०७४, मंगलवार
  • 3791 पटक पढिएको

म्याग्दी, १३ चैत । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँको रुपमा चिनिएको म्याग्दीको रघुगंगा गाउँपालिका –५ मा अवस्थित झिँ गाउँको चिनारी गितको म्युजिक भिडियो छायांकन गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको सुन्दर बस्ती झिँलाई गित र म्युजिक भिडियो मार्फच चिनाउनको लागि चिनारी गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो ।

भारतीय गोर्खा सैनीकमा कार्यरत झिँका त्रिलोचन गर्बुजाको शब्द सिर्जनामा तयार गरिएको हाम्रो झिँ गाउँ बोलको उक्त गीतको म्युजिक भिडियो हालै छायांकन गरिएको छ । क्रियटिभ मिडिया प्रोडक्सन मार्फत बजारमा ल्याउन लागिएको उक्त गितको म्युजिक भिडियो टोड्के, झिँ लगायतका विभिन्न स्थानहरुमा छायांकलन गरिएको हो ।

झिँ गाउँकै स्थानीय कलाकार समेत रहेकी लोकप्रिय गायिका निर्मला गर्बुजाको स्वर र दर्पण यात्रीको संगित रहेको गीतको म्युजिक भिडियो क्रियटिभ मिडिया बेनीका भुपेन बानियाले छायांकन एवम् निर्देशन गरेका हुन् ।

उक्त म्युजिक भिडीयोमा मुस्कान पुन मगर, सुविना गर्बुजा मगर, एलिना थजाली मगर लगायतले नृत्य र अभिनय गरेका छन भने सुस्मिता श्रेष्ठको मेकअप, राजिन गर्बुजाको कोरीयोग्राफी रहेको म्युजीक भिडीयो छायांकनमा अनुप बानिया र बिशाल गोतामेले सहयोगीको भुमिका निर्वाह गरेका छन् ।