म्याग्देली गायक जिसीको ‘भेट हुँदा ठिक्क’ म्युजिक भिडियो बजारमा (भिडियो सहित)

  • १२ चैत्र २०७४, सोमबार
  • 2526 पटक पढिएको

म्याग्दी, १२ चैत । म्याग्देली कलाकार धु्रव जिसीले ‘भेट हुँदा ठिक्क’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । मौलिक लोकदोहोरि गितलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको लय तथा शव्द सिर्जनमा तयार गरिएको उक्त गितमा ध्रुव जिसी र पूर्णकला विसीको स्वर रहेको छ ।

निकै आकर्षक तवरले निर्माण गरिएको सो गितको म्युजिक भिडियोमा चर्चित मोडल शंकर विसी र करिश्मा ढकाल लगायले नृत्य गरेका छन् भने म्युजिक भिडियोको निर्देशन शंकर जिसीको रहेको छ । युवायुवती बिचको मायाँ प्रेमलाई कथाबस्तु बनाईएको सो गितको म्युजिक भिडियो सारथी म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ भने सो म्युजिक भिडियो छोटो समयमै सबैको रोजाईमा परेको छ ।

म्याग्दीको मंगला गाउँपालिका – २ जन्मिएर हाल बेनीमा होटल व्यवसायमा सक्रिय रहेका कलाकार जिसीले लोभै लाउने जिउ बोलको गितबाट साँगेतिक क्षेत्रमा डेब्यु गरेका थिए । उनले छोटो समयमै गायन र मोडलिङको क्षेत्रबाट कलाकारीतामा आफुलाई अगाडी बढाउन सफल भएका छन् । कलाकार जिसीले सनाई रोलाकी बोलको पञ्चेबाजा, तिमी संग बसेको दिल, विहानी पख बोलको सालैजो लगायतका गितहरुमा स्वर दिईसक्नुभएको छ ।

त्यसैगरि आधा दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका कलाकार जिसी तिमिसंग बसेको दिलको गितबाट छैठौँ राप्ती म्युजिक अवार्ड र नेपाल म्युजिक अवार्ड–२०७५ को लागि नव गाएकको विद्यामा उत्कृष्ट ५ मा मनोनयमा पर्न समेत सफल भएका छन् ।