मोनालाई ई–पुस्तकालयको सम्बन्धमा मेरो सुझाव

  • २८ फाल्गुन २०७३, शनिबार
  • 3941 पटक पढिएको

  ( म्याग्दीfff प्रवासी नेपाली संघ, कार्यकारी समिती कतारले गर्न लागेको आठौं अधिवेशनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । र विशेष तिलु शर्मा पौडेलज्युलाई मलाई आफ्नो विचार राख्ने सल्लाह दिनुभएकोमा विशेष धन्यवाद दिन चाहान्छु । मैले मोना म्याग्दीले गर्दै आएका समाजिक कामलाई सामाजिक सञ्जालमार्फत केहि समयदेखि अवलोकन  गरिरहेको छु ।

मोना म्याग्दीले गरिरहेको समाजिक काम अविस्मरणीय,  हृदयस्पसी र स्वागतयोग्य छन् । म एउटा आईटिमा रुचि राख्ने व्यक्तिहुदा आईटीको प्रयोग गरेर कसरी म्याग्दीको सकरात्मक परिवर्तन गर्न सम्भव छ भन्ने विषयमा आफ्नो केहि विचार राख्ने जमर्को गरेको छु ।  तपाईहरुले यस लेखभित्रका कमिकमजोरीलाई सहजै स्वीकार्नुहुनेछ भन्ने आशा गरेको छु । )

विश्व वजारको विकसित मुलुकलाई अध्यन गर्ने हो भने उनिहरुको मुख्य विकासको कारण भनेको शिक्षा, सुचना र प्रविधीको खोज र अनुसन्धानमा वढि लगानि गरिरहेका छन् । देश विकासको मुख्य आधार भनेको विभिन्न विषयका दक्ष मानवपुजिले गर्दा हो तर हाम्रो शिक्षा प्रणालीले प्रयोगात्मक भन्दा बढि सैदान्तिक शिक्षामा जोड दिईरहेको छ । हाम्रो शिक्षा प्रणाली, हाम्रा विश्वविद्यालयहरु बेरोजगार युवा उत्पादनको कारखाना भईरहेका छन् । आज हाम्रा लाखौँ युवा विदेशमा आफ्नो पसिना बेच्न बाध्य बनाउने यहि हाम्रो अदुरदशिं शिक्षा प्रणाली नै हो । यस्तो शिक्षा प्रणालीलाई बदल्नुपर्छ भनेर केहिहदसम्म मोना (म्याग्दी प्रवासी नेपाली संघ) ले प्रयास गरिरहेको मैले महसुस गरेको छु ।

अहिले मोनाले म्याग्दीको विभिन्न सामुदायिक विद्यालयमा विद्युतिय पुस्तकालय निमार्णमा जुटेको सुन्दा निकै खुसि लागेको छ । यस लेख तयार पर्दा सम्म ११ बटा विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना भैसकेजस्तो लाग्छ मलाई र अन्य धेरै विद्यालयमा विद्युतिय पुस्तकालयको स्थापनाको तयारीमा छ । तर मलाई यसले अपेक्षा गरेअनुसारको प्रतिफल दिदैनकी भन्ने शंका लागीरहेको छ । मोनाको पहलमा त विद्युतिय पुस्तकालय स्थापना भयो तर त्यसलाई प्रयोग  गर्ने जनशक्तिको अभावले गर्दा यो प्रविधी एउटा कोठामा थन्किएर बस्ने त होईन, यो एउटा विद्यालय सजावटको वस्तु त हुने होईन जस्तो भान भईरहेछ छ ।  किनभने पहिलो हाम्रा विद्यालयहरुसगँ दक्ष कम्प्युटरका टेक्निसियन छैनन् र माध्यामिक तहसम्मका ८० प्रतिशत शिक्षकहरु पुरा आउटडेटेट छन्।

सरकारले माध्यामिक तहका प्राय  विद्यालयलाई केहिमात्रामा कम्प्युटरहरु दिएको छ र प्राय विद्यालयमा एउटा कम्प्युटर टेक्निसियन छन तर यस विद्यालयका अन्य धेरै शिक्षकहरु नयाँ प्रविधीसगँ हातेमालो गर्ने कुनै ईच्छानै छैन उनिहरु उहि कण्ठेश्वरी विधीबाट अध्यापन गराईरहेछन् । अझ विस्तृतमा भन्नुपर्दा त्यस्ता शिक्षकहरु विद्यार्थीको सपनाका हत्यारा हुन् । यस समस्याको समाधानका लागी मोना म्याग्दीले केहि कदम चाले राम्रो हुन्थ्यो होला जस्तो लाग्छ । विद्यालयसँग विद्युतिय पुस्तकालयको सम्झौँता गर्दा यदि ६ महिना भित्र यस विद्यालयका सबै शिक्षकहरु कम्प्युटर र विद्युतिय पुस्तकालयको प्रयोग गर्न असमर्थ हुन्छन भने यस्ता विद्यालयलाई आगामि दिनमा कुनै सहयोग गरिनै छैन भनि स्पस्ट रुपमा सम्झौता गर्दा यो समस्याको केहि हदमा भएपनि समाधान हुन सक्थ्यो कि जस्तो मलाई लाग्छ ।

विद्युतिय पुस्तकालयको विस्तारको अर्को मुख्य समस्या भनेको यसलाई प्रयोग गर्न सक्ने विद्यार्थी जनशक्तिको उत्पादन कुनै पनि विद्यालयले गरेको जस्तो मलाई लागेको छ । यदि तपाईहरु  विद्युतिय पुस्तकालय प्रयोग गर्न सक्ने विद्यार्थी उत्पादनमा ध्यान पु¥याउनुभएन अथवा सहयोग गर्नुभएन भने विद्युतिय पुस्तकालयले मोनाका पदाधीकारीहरुलाई विद्युतिय पुस्तकालयको बन्द कोठाले गिज्याईरहने छ र तपाईहरुको यति धेरै मेहनत बालुवामा पानी हालेसरह हुनेछ । यसका लागी तपाईहरुले निम्नकुराहरु गर्दा उपयुक्त हुन्छ होला ।
गुणस्तरीय शिक्षा दुर्तविकासको सुरुवात हो। विकासको सुरुवातका लागी अव जगबाटै सुरु गर्नुपर्दछ । सुरुमा म्याग्दीका सबै बालविकास केन्द्रमा मन्टेश्वरी पद्धतीमा अध्यापन गराउन मोना सकृय हुनुपर्छ । यसका लागी एउटा कार्य समिती बनाएर हुदैन । अहिले प्रतेक गाउँका मानिस विदेश छन्, उनिहरुकै नेतृत्वमा यसको काम सुरु गर्न उपयुक्त हुन्छ । यसका लागी प्रतेक मोनाका सदस्यहरु आफुले अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तर सुधार तर्फ लाग्नुपर्छ ।

मन्टेश्वरी विधीबाट अध्यापनन गर्दा विद्यार्थी सिक्ने र बुझ्ने सक्ने क्षमता बृद्धि हुन्छ । त्यसपछि प्राथामिक तहको शिक्षण पद्धती अति आउटडेटेट छ र यसलाई परिवर्तन गर्नु आजको मुख्य चुनौति हो । अबको शिक्षण विधीमा परिवर्तन ल्याउनु पर्छ, कन्ठेस्वरी विधीलाई परिवर्तन गरि डिजिटल विधीमा अध्यापन गराउनु पर्छ । तर विडम्वना हाम्रो शिक्षणसंस्थामा डिजिटल प्रविधीबाट अध्यापन गराउनका लागी १ प्रतिशत पनि शैक्षिक जनशक्ति छैन् । अब प्रतेकले कसरी आफुले अध्यन गरेको विद्यालयमा शैक्षिक गुणस्तर विकास गर्न र शिक्षालाई आधुनिकरण गरि विश्ववजारमा प्रतिशपर्दा गर्न सक्षम जनशक्ति उत्पादनमा जोड दिन सकिन्छ¬¬ भन्ने विषयमा विचार र अध्यन गरी यसको निकासमा ध्यान दिनु पर्छ ।
यस समस्याको हलका लागी केही मेरा सुझावहरु पस्किन चाहान्छु ।

धेरै विद्यालयमा विद्युतिय पुस्तकालयको स्थापना गर्दा सहयोग जुटाउने भनि अभियान सुरु गरेको दुई–तिन घन्टादेखि दुई–तिन दिन भित्रमा सहयोग जुटिसकेको देख्दा  कुनैपनि शैक्षिक संस्थाको गुणस्तर सुधारका लागी आर्थिक अभाव पर्छ जस्तो मलाई लाग्दैन् । तर यहाँ अभाव भनेको ¬ दक्ष जनशक्तिको हो । सबै विद्यालयका सबै शिक्षकलाई वजार झारेर २–३ महिना तालीम दिन सम्भव हुदैन् । यसका लागी मोनाका प्रतेक सदस्य सकृय भएर आफुले अध्यन गरेको विद्यालयका लागी एउटा मन्टेश्वरी शिक्षक र कम्प्युटर टेक्नीसियनका लागी तालिम दिने व्यवस्था गर्नुपर्छ ।

यसका लागी आफ्नो विद्यालयबाट शिक्षा विषय लिएर १२ उतिर्ण गरेका दुई महिलालाई मन्टेश्वरी र कम्प्युटरको टे«निङ्ग दिनु पर्छ । टे«निङ्गमा पठाउनु भन्दा अघि कम्तिमा मन्टेश्वरी शिक्षिकालाई २ बर्ष र कम्प्युटर टेक्निसियनलाई १ बर्ष अनिवार्य आफ्नो विद्यालयमा अध्यापन गराउने सर्त राख्नु पर्छ । र प्रतेक प्राथामिक विद्यालयमा कम्तिमा मन्टेश्वरी अध्यापनमा चाहिने सामाग्री र ८–१० बटा कम्प्युटरको व्यवस्था स्थानियले गर्नु पर्छ ।

यहाँ प्रश्न उठ्न सक्छ कसरी यति ठुलो रकम जम्मा गर्ने

म्याग्दीमा मासिक २० करोड भन्दा धेरै रेमिट्यान्स भित्रन्छ  । के हामि आफुलााई यो दुनियासगँ लड्न सिकाउने, जिन्दगीका पाईला चाल्न सिकाउने  विद्यालयलाई आफ्नो विद्यालायको सुधारको लागी जिन्दगिको एक महिना सहयोग गर्न सकिदैन होला ।  यसले तपाईहरुलाई मात्र होईन अव आउने तपाईका, मेरा भावि सन्तानले एक समृद्ध म्याग्दीको मुहार देख्न पाउनेछन् । एकैछिन सोचौ त तपाईहरुका बच्चाहरु, गाउँघरको ताजा खाना खाई गाउँमै रहेको मन्टेश्वरी विद्यालयमा अध्यन गरिरहेछन् । कक्षा २ मा पुग्दा कम्प्युटर सिक्दै, सुन्दर भविस्यको कल्पना गरिरहेका हुनेछन् ।

यसले तपाईहरु ले लिएको योजना ई–लाईवेरी प्रयोग  गर्न सक्ने मानव पुजि उत्पादन गर्न सक्छ । यसका लागी कम्तिमा पनि एउटा विद्यालयबाट एउटा प्रतिनीधीलाई बजारमा कम्प्युटर सिक्ने बेवस्था गरिदिउ । यस प्रतिनिधीसगँ कम्प्युटर सिकिसकेपछि कम्तीमा एक बर्ष विद्यालयमा कम्प्युटर सिकाउनु पर्ने सम्झौता गरौं । यस प्रतिनीधीले एक बर्ष भित्रमा यस विद्यालयका सबै शिक्षकशिक्षिकाहरुलाई कम्प्युटर प्रयोग गर्न सक्ने बनाउने छ । त्यस्तो भयो भने म्याग्दीका सबै जसो विद्यालयको शिक्षण विधी प्रविधीमयहुदा शिक्षामा एउटा नयाँ क्रान्ती नै सुरु हुनेछ । जसले गर्दा म्याग्दीको समर्ग विकासमा ठुलो मदत पुर्याउने छ ।
धन्यवाद

Name-Sagar Bhandari

Address- Rakhu,9, Bhagawati

Now-Sagar Computer Café

Campus chok Beni