मृगौला पिडित धन बहादुरलाई हङकङ बाट ४० हजार आर्थिक सहयोग

  • ७ चैत्र २०७४, बुधबार
  • 2213 पटक पढिएको

म्याग्दी , ७ चैत्र । गत फाल्गुन २७ गते भक्तपुर मानब अङ्ग प्रत्यारोपण केन्द्रमा आफ्नी ६९ वर्षीय आमाको एउटा मृगौला प्रत्यारोपण गराई पुन:जिबन प्राप्त गरेका धवलागिरी गाउपालिका- ५ साबिक मल्कबाङ्ग -१ भेडीखाल्टाका ३२ वर्षीय धन बहादुर बुढाथोकीलाई मोना अन्तराष्ट्रिया महिला संयोजक पुर्णिमा पाइजाको संयोजकत्वमा हङकङमा संकलित ४० हजार रुपैया सहयोग रकम आइतबार माेना हङकङ महिला बिभाग उप – प्रमुख जालमाया राेकाले पिडितको कोठामा पुगेर हस्तान्तरण गरेकी हुन्। पाइजाले यस अघि पनि व्यक्तिगत ५० हजार सहयोग गरेकी थिइन्। लामो समय देखी दुवै मृगौला खराब भई राजधानीको राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रको सिफारिसमा मन मोहन शिक्षण अस्पताल स्वयम्भुमा उपचार गराइरहेका बुढाथोकी आफ्नी आमाको मृगौला पाएपछि सामान्य अवस्थामा फर्किएका छन्।

रोजगारको सिलसिलामा साउदी अरबमा पुगेको ३० महिना पछि धनबहादुरको स्वास्थ्य परिक्षणमा दुवै मृगौलामा खरावी देखिएपछि एक महिना साउदीमै उपचार गरी घर फर्किएका थिए । राजधानी स्थित राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली को सिफारिसमा विभिन्न अस्पतालहरुमा उपचारको क्रममा बुढाथोकीका लागि श्रीमती, बुबा, आमा र दिदीले मृगौला दिन तयार भएपछी परिक्षण पश्चात आमाको मृगौला मिल्ने उपचारमा संग्लग्न डाक्टरहरुको सल्लाह पछि प्रत्यारोपणको प्रक्रिया अगाडी बढेको थियो ।

आमाको मृगौलाले नयाँ जीवन पाएको बताउँदै धनबहादुरले आमाको विशेषता कुनै पनि शब्दमा वर्णन गर्न नसक्ने बताएका छन्। उहाँले आफुलाई मृत्यको मुखमा पुर्याएर मलाई दोस्रो जन्मदिनुभयो सामान्य अवस्थामा फर्की सकेका धनबहादुरले भने ।उनले मृगौला उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

उनको उपचारमा स्वदेश तथा विदेशमा रहेका आफनतहरुको सक्रियतामा ५ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन भएको थियो । नियमित औषधीका सेवन, कोठा भाडा, खाना, यातायात लगाएत् खर्च धान्न निकै नै कठिन भएको धनबहादुरका बुबा लिल बहादुर बुढाथोकीले बताए। उनले स्वदेश तथा बिदेशमा रहेका संघ संस्था,आफन्त तथा नेपालीहरुमा सहयोगको याचना गरेका छन् ।