ट्रेड युनियनको चौथो अधिवेशनको तयारी तीब्र

  • ७ चैत्र २०७४, बुधबार
  • 1741 पटक पढिएको

लोकतान्त्रिक पेशाकर्मीहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीको चौथो अविधेशनको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र १० बेनीमा हुने अविधेशनको प्रतिवेदन लेखन, प्रचारप्रसार र आन्तरिक तयारी अन्तिम चरणमा पुगेको हो ।

अधिवेशनलाई सफल बनाउन ट्रेड युनियन काँग्रेसका सभापति दुर्गाराम सुवेदीका संयोजकत्वमा योजना, अनुगमन तथा अनुशासन समिति, सचिब कोमल प्रसाद उपाध्यायको संयोजकत्वमा सूचना तथा सञ्चार समिति, महिला उपाध्यक्ष जमुनाकुमारी रोकाको संयोजकत्वमा अतिथि सत्कार, कोषाध्यक्ष बोधहरि सुवेदीको संयोजकत्वमा आर्थिक समिति र नवराज शर्माको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरि तयारी तीब्र बनाईएको हो ।

देश संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा जिल्लाका संगठनहरुलाई पनि सोही बमोजिम रुपान्तरण गर्न अधिवेशन कोशेढुँगा सावित हुने अध्यक्ष सुवेदीले जानकारी दिए । जिल्लामा करीब १ हजार पेशाकर्मी युनियनमा आबद्ध छन् । अधिवेशन मार्फत नयाँ नेतृत्वसँगै भावी कार्ययोजना र रणनीतिका विषयमा व्यापक बहस हुने गरि तयारी गरिएको युनियनले जनाएको छ । होटल शिखर बेनीमा हुने अधिवेशन मार्फत अध्यक्ष सहित २१ सदस्यीय समिति चयन गर्ने बताईएको छ ।

नयाँ नेतृत्व समेत चुनिने भएपछि ट्रेड युनियन भित्र आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ । पदाधिकारी तहका नेताहरु नेतृत्वका लागि इच्छुक देखिएका छन् । अधिवेशनको उद्घाटन नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले गर्ने कार्यक्रम तय भएको ट्रेड  युनियनका सभापति सुवेदीले जानकारी दिए ।