धौलागिरिमै पहिलो पटक रघुगंगा गाउँपालिका भित्रका सहकारी स्थानीय तहलाई हस्तान्तरण

  • ७ चैत्र २०७४, बुधबार
  • 2923 पटक पढिएको

म्याग्दी, ६ चैत । धौलागिरिमै पहिलो पटक डिभिजन सहकारी कार्यालय बागलुङले म्याग्दीको रघुगंगा गाउँपालिका भित्रका सहकारीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । संघीयताको कार्यान्वयनसंग सहकारी संस्था दर्ता, नियमन र प्रर्वद्धनको अधिकार स्थानीय तहमा रहे अनुसार सम्बन्धित स्थानीय तहभित्र रहेका सहकारीहरुको तथ्याङ्क, अभिलेख र कागजपत्र हस्तान्तरण सुरु गरिएको हो ।

डिभिजन सहकारी कार्यालय बागलुङले बुधवार बेनीमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि र अधिकृतहरुलाई सहकारी हस्तान्तरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा पहिलो पटक रघुगंगालाई सहकारीहरुको तथ्याङ्ग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहकारी बिभागका उपसचिव आनन्द सारु र डिभिजन प्रमुख बिष्णुप्रसाद शर्माले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रजिअ कृष्णप्रसाद अधिकारी मार्फत रघुगंगा गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईलाई सहकारी संस्थाको संस्थागत अभिलेख विवरण हस्तान्तरण गर्नुभएको थियो ।

रघुगंगा गाउँपालिकामा हाल २१ वटा गाउँपालिका रहेका छन् । संघीयताको कार्यान्वयनसंगै सम्बन्धित स्थानीय तहभित्र हाल रहेका र अब दर्ता हुने सहकारीहरुको दर्ता, नियमत, प्रशिक्षण, संरक्षण र प्रवद्र्धनको जिम्मेवारी समेत स्थानीय तहमै गएकाले हरेक स्थानीय तहभित्र कार्यक्षत्र भएका सहकारीहरुको विवरण सम्बन्धित स्थानीय तहलाई नै हस्तान्तरण गर्न लागिएको हो । क्रमिक रुपमा सबै स्थानीय तहभित्र रहेका सहकारीहरुको संस्थागत विवरण हस्तान्तरण गरिने डिभिजन कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।

यसैबिच डिभिजनको आयोजनामा बेनीमा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुका लागि सहकारी सम्बन्धि ऐन, नियमको बारेमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्य स्थानीय तहमा पनी अभिमुखीकरण र हस्तान्तरणको तयारी भएको डिभिजनले जनाएको छ । सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केसीले स्थानीय तहले रोजगारी सिर्जना, आयआर्जन, गरिबी निवारण र सामाजिक परिवर्तनका लागि सहकारी संस्था परिचालनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रजिअ अधिकारी र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की लगायतले मन्तव्य राख्नुभएको थियो । विभागका शाखा अधिकृत हरि पौडेलले स्वागत गनुृभएको कार्यक्रमको सञ्चालन डिभिजनका प्रमुख शर्माले गर्नुभएको थियो ।

????????????????????????????????????