भकुण्डेमा रहेको वडा कार्यालयमा चोरी

  • ५ चैत्र २०७४, सोमबार
  • 3115 पटक पढिएको

म्याग्दी ५ चैत । बेनी नगरपालीका २ को वडा कार्यालयमा आईतबार राती चोरी भएको छ । भकुण्डेमा रहेको वडा कार्यालयको ताला तोडेर अध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटरको सिपीयु, माउस र कार्यालयको बोर्ड चोरी भएको हो । आईतबार ४ बजे बन्द गरेको कार्यालय बिहान आउँदा ताला तोडेर चोरी गरेको भेटिएको वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

कागजपत्र र अन्य सामानमा भने कुनै पनी क्षत्ती नपुगेको उहाँले जानकारी दिनुभयो । सोमबार बिहान १० बजे वडा अध्यक्ष थापा कार्यालयमा आउँदा चोरी भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनुभएको थियो ।

प्रहरी निरिक्षक लोकबहादुर गुरुङको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । वडा कार्यालयको गतिबिधि प्रती असन्तुष्ट र उऋङखल व्यक्तिहरुको समूहले यस्तो घटना घटाएको हुन सक्ने जनप्रतिनिधिहरुको अनुमान छ ।

“कानुनले नदिने काम गर्न दवाव दिने र उऋखल गतिबीधी गर्नेले चोरी गर्ने भन्दा पनी तर्साउने नियतले यस्तो गरेको हुन सक्छन्” वडा अध्यक्ष थापाले भन्नुभयो “केही दिन पहिले आमा समूहलाई भेला गरेर गरिएको प्रहरी संग आमा कार्यक्रमले उऋखल गतिबिधी गर्नेहरु असन्तुष्ट बनेका थिए ।”