महादेव माविको स्वर्ण जयन्तीको अवसरमा विद्यालय पुनः निर्माण अभियान सञ्चालन

  • ४ चैत्र २०७४, आईतवार
  • कमल खत्री
  • 2639 पटक पढिएको

म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालयले स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । आगामी वैशाख १ र २ गते बेगमा बृहत समारोहका बिच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलाबासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान सञ्चालन गरिएको हो ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयको जिर्ण भवनलाई पुनःनिर्माणको लागि आर्थिक संकलन अभियान सञ्चालन गरिएको मुल समारोह समितिका सचिब नक्कु (नगेन्द्र) पुर्जाले बताउनुभयो । उहाँका अनुसार अहिले सम्म बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, कतार लगायतका मुलुकमा रहेका बेगखोलाबासीबाट करिब ५० लाख आर्थिक संकलन भैसकेको छ । बेलायतमा रु ३० लाख भन्दा बढी र हङकङमा १२ लाख बढी आर्थिक संकलन भैसकेको विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सचिब पुर्जाले जानकारी दिनुभयो । अभियानको क्रममा विभिन्न मुलुक र क्षेत्रमा रहेका बेगखोलाबासीबाट रु १ करोड ५० लाख संकलन गर्ने र ३ बर्षको अबधिमा विद्यालयको पुनः निर्माण गर्ने योजना रहेको अभियन्ताहरुको भनाई छ ।

तत्कालिन अबस्थामा रुखको बोटमुनीबाट पठनपाठन सुरु भएको उक्त विद्यालयलाई २०२५ सालदेखि सरकारले कक्षा ७ सम्म पठनपाठन हुने गरि निमावि स्कुलको मान्यता दिएको थियो । यस विद्यालयबाट २०५७ सालमा पहिलो पटक कक्षा १० बाट तत्कालिन एसएलसी परिक्षामा विद्यार्थीहरु सामेल भएका थिए । विद्यालयको स्वर्ण जयन्ती मनाउन विभिन्न मुलुकमा रहेका बेगखोलाबासीहरु जन्मथलो फर्कने क्रम पनि सुरु भएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसरमा सञ्चालन गरिएको विद्यालय पुनःनिर्माण अभियानलाई सफल बनाउन बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामी संरक्षक र युबहादुर गर्वुजा संयोजक, नक्कु ( नगेन्द्र) पुर्जा सचिब रहनुभएको मुल समिति गठन गरिएको हो । त्यसैगरि हङकङमा गिरि शेरबुजा संयोजक ,जेवेन्द्र फगामी सचिब, कतारमा निरज पुनको संयोजकत्वमा, कोरियामा रिमबहादुर चोचाङ्गी, हरि पुर्जा , जगत पुन, टुक बहादुर गर्वुजाको बिशेष संयोजकत्वमा आर्थिक संकलन भैरहेको छ ।

त्यसैगरि जापानमा इन्द्रीरा गर्वुजा, जसकुमार पुर्जा, धर्मेन्द्र पुर्जा, इन्द्र पुर्जा, खेम गर्वुजा, तुल चोचाङ्गी, दिपु फगामीको विशेष संयोजकत्वमा र पोर्चुगलमा टेक फगामी, गप्रसाद गर्वुजा, सुरेन्द्र गर्वुजाको संयोजकत्वमा आर्थिक संकलन अभियान सञ्चालन भएको छ ।बेगखोलामा घर भएर प्रवासमा रहेका व्यक्तिहरुले यस अघि गाउँको शिक्षा, सडक, स्वास्थ्य, सञ्चार लगायतको क्षेत्रमा करोडौँ सहयोग भित्र्याई सकेका छन् । प्रवासी बेगखोलाबासीहरुले गाउँमा रु १ करोड बढीमा सडक निर्माण, लाखौँ लगानीमा खेलकुद मैदान निर्माण, विद्यालयमा इन्टरनेट सुविधा जडान, भवन निर्माण, विद्यालयमा कम्युटर कक्षा सञ्चालन, रु २५ लाख बढीको अक्षयकोष स्थापना लगायतका सामाजिक काम सम्पन्न गरिसकेका छन् ।

उनीहरुले स्वदेश तथा विदेशमा रहेका बेगखोलाबासीलाई बेगखोला कल्याणकारी समाज र उपशाखा मार्फत गोलबद्ध गरेका छन् । बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष एवम एनआरएन युकेका वर्तमान अध्यक्ष समेत रहेका योगकुमार फगामीको विशेष पहलमा बेगखोलामा प्रवासी सहयोग भित्रिन थालेको थियो । यसैबिच आगामी वैशाख १ र २ गते हुने विद्यालयको स्वर्ण जयन्ती समारोहको लागि जिल्लाका विभिन्न उच्च पदस्त व्यक्तिहरुलाई आमन्त्रणको लागि निमन्त्रण पु¥याउने काम समेत भैरहेको मुल समारोह समितिले जनाएको छ ।

आर्थिक संकलनलाई व्यवस्थित बनाउन युकेमा र नेपालमा समेत बैँक खाता सञ्चालनमा ल्याईएको छ ।
युकेमा

Shree Mahadev School Re-build Project Account no.2341 3551 Sort code.20 92 63 Barclays Bank Treasure 1- Dhan Kumar Purja Contact 0044 79 1631 4365 Treasure 2- Nagendra Paija Contact 0044 78 8064 6032 President -You Bdr Garbuja Contact 0044 73 8919 1146

 

नेपाल को लागि bank details र सम्पर्क ब्यक्ति

विद्यालय निर्माणको लागि संकलन भएको रकम बैकमा राख्नको लागि भनेर पोखरामा यामकुमार पुर्जा र मेकबहादुर पुनको नाममा कैलाश बिकाश बैंक न्युरोड पोखरामा ०२५५३६००१३३५६७०००००१ नम्बरको एक खाता खोलिएको छ ।

 

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l