कागबेनीधाममा तिर्थालुको रौनक

  • ३ चैत्र २०७४, शनिबार
  •  सुन्दर कुमार थकाली
  • 4825 पटक पढिएको

मुस्ताङ , ३ चैत । हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुस्ताङको कागबेनी त्रिबेणी स्थलमा दिवंगत श्राद्ध तथा पितृको नाममा तर्पण दिने तिर्थालु रौनकले मुस्ताङको चहलपहल गर्मिएको छ।आफ्ना स्वर्गिय दिवंगत पितृहरुको सम्झना स्वरुप कालिगण्डकी नदीमा पिण्डदान र पितृलाई तर्पण दिईने चलन छ ।धार्मिक मान्यता अनुसार वर्षेनी बडा दशै र चैतै दशै औशी तिथिको सेरोफेरोमा उल्लेख्य तिर्थालु मुस्ताङ भित्रने गर्छन् । श्राद्ध गर्ने तथा पितृका नाममा तर्पणका लागि श्क्रवार र शनिवार करिव १० हजार आन्तरिक तिर्थालु मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक ओम प्रसाद यादबले जानकारी दिए ।उनका अनुसार तिर्थालु खचाखच भरिएपछि प्रहरीले शान्ति सुरक्षाको अवस्थालाई थप व्यवस्थित बनाएर सेवा दिएको बताए ।
‘तिर्थालुले कागबेनी भरिए ।प्रहरी यूनिट पनि २४ सै घण्टा खटिए ।भएका ९ प्रहरी पनि अपुग भएकाले जिल्लाबाटै थप सुरक्षाकर्मी परिचालन गरेका हौ’उनले भने‘तिर्थालुको स्वास्थ्य सेवामा कठिनाई नहोस भनेर हेल्थ क्याम्प खडा गरेको हौ ।यसलाई कागबेनी चौकी र स्वास्थ्य चौकीको समन्वय भएको छ ।प्रहरीले रातभर सुरक्षा दिएको छ ।’ अर्का सहायक प्रहरी निरीक्षक एवंम्र कागबेनी चौकीका ईन्चार्ज टिकाराम दाहालले तिर्थालु सेवाका लागि आकस्मिक सेवा प्रदान गर्न स्टेचरको व्यवस्था गरेको खुलाए ।उनले पिण्ड स्थल वरपर तिर्थालुले कपडा फेर्न सकसर भएकाले त्यसलाई कपडा फेर्ने गृह र शौचालयलाई व्यवस्थित गर्दे सरसफाईमा ध्यान दिन आवश्यक भएको औल्याए ।
कागबेनीधाम नेपालकै प्रसिद्ध धार्मिक स्थल भएको पुजारी वालकृृष्ण सुवेदीको भनाई छ । कागबेनीधाम कृष्ण र गण्डकी नदीको संगम स्थल भएको उल्लेख गर्दे पुजारी सुवेदीले कालिगण्डकी नदीमा शालग्राम भगवान अवस्थित रहेकाले तिर्थालु भक्तजन यहाँ आएर श्राद्ध र पिण्डदान गर्ने गरेको स्पष्ट पारे ।उनले दिवंगत पितृहरु अधोगति वा नरकमा भए यहाँ आएर पिण्डदान गर्नाले मोक्ष प्राप्त हुने पद्यपुराण र पुराण ग्रन्थमा उल्लेख भएको खुलाए ।यसक्षेत्रमा कागचुण्यले तपस्या गरेको स्थान हो ।
पुत्र प्राप्त गर्न सकियोस् भनेर गण्डकी माताले १ हजार वर्ष तपस्या गरेको र भगवान शालग्रामलाई बृन्दाको श्राप थियो ।गण्डकी माताको तपस्या पुरा गर्न भगवान शालग्राम गण्डकी नदीमा प्रकट भएका थिए ।’उनले भगवान शालग्रामको सामिप्यतामा पिण्डदान र तर्पण दिनाले दिवंगत पितृले मुक्ति पाउने धार्मिक बिश्वास रहेको बताए । कागबेनीधाममा श्राद्ध मेला लागेपछि स्थानीय व्यवसायीले आफुले उत्पादन गरेका मुस्ताङका कोशेलीहरु फुटपाथे बिक्री गरेर आम्दानी कमाएका छन् । उनीहरुले स्याउको सुकुटी,पुजाका सामान ,शालग्राम आदी बिक्री गरेका हुन् ।कागबेनी धर्मशालामा बस्ने पुजारीलाई श्राद्ध गर्न भ्याई नभ्याई देखिन्थ्यो ।
त्यस्तै ,कागबेनीको कालिगण्डकी बगर किनारामा श्राद्ध गर्ने तिर्थालुले पुरै भरिएको छ ।पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ बस्ने लक्ष्मी आर्दश माविका शिक्षक रामचन्द्र पौडेल सहित उनका ५ जनाको टोली कालिगण्डकी नदीमा श्राद्ध गर्न कागबेनी आएको बताछन् ।‘पौराणिक भनाई अनुसार यहाँ पिण्डदान गर्नाले पितृले मोक्ष प्राप्त गर्ने उनको बुझाई छ ।मुक्तिनाथ मन्दिरको दर्शन नगरी फर्किए चारधामको बाटो खुल्दैन भन्ने धार्मिक बिश्वास छ’उनले भने‘हिमालपारी मुस्ताङ आउदा यातायात देखि आवासको व्यवस्था राम्रो लाग्यो ।यातायात व्यवसायी समेत सहयोगी र मिलनसार पाईयो ।जसका कारण यात्रा शहज भयो ।’
त्यस्तै मध्यबिन्दु नगरपालिका १ नवलपुरबाट श्राद्ध गर्न आएका अर्का तिर्थालु यज्ञप्रसाद शर्माले अंग्रज पुर्खाहरुले मुस्ताङको कागबेनीधाममा श्राद्ध तथा दिवंगत पितृलाई तपर्ण दिदा राम्रो हुने कुरा सुनाएकाले आफुनो टोली मुस्ताङ आएको दर्शाए ।उनले श्राद्धका कर्मकाण्ड पुरा गरेपछि पितृले आफुना सन्ततीलाई कुनै दुखकष्ठ दिदैनन् भन्ने बिश्वास भएको उल्लेख गरे । औशीको सेरोफेरो २ दिनमा करिव ५ सयभन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय जोमसोमले जनाएको छ ।ट्राफिक प्रहरी कार्यालयका हवल्दार दानबहादुर नगरकोटीले रुटपरपिट भएको सवारी साधन र अस्थायी परमिट(पटके) काटेर आएका सवारी साधन निर्वाध कागबेनी र मुक्तिनाथ उक्लन कठिनाई नभएको बताए ।
उनले बिधि सम्मत मुस्ताङ आएका सवारी साधनलाई कुनै अप्ठेरो परेमा प्रहरीलाई खबर गर्न अनुरोध गरे । उनका अनुसार कागबेनी श्राद्ध गर्न आएका तिर्थालुले पितृलाई तपर्ण दिएर मुक्तिनाथ उक्लने गरेको बताए ।शनिवार कागबेनी जस्तै मुक्तिनाथ पनि तिर्थालुको भीड देखिएको छ ।मुक्तिनाथ बिकास समितिका कर्मचारी रविन सुबेदीले आन्तरिक तिर्थालु कागबेनी हुँदै मुक्तिनाथ आएको बताए ।शुक्रवार बेलुकी कागबेनीका होटल खचाखच भरिएका थिए भने शनिवार मुक्तिनाथको रानीपौवा बजार र जोमसोमका होटलहरु खचाखच तिर्थालुले भरिएको व्यवसायीहरु बताउछन् ।

 

 सुन्दर कुमार थकाली