जनप्रगतिशिल मञ्च ओमन द्वारा आयोजित वृहत बन भोज तथा सम्मान कार्यक्रम सम्पन्न

  • ३ चैत्र २०७४, शनिबार
  • 2437 पटक पढिएको

ओमन २०२८ मार्च १७ । नेपाली जनप्रगतिशिल मञ्च ओमन आयोजित वृहत बन भोज तथा सम्मान कार्यक्रम १६ मार्च शुक्रबारको दिन ओमनको शिव फलोरा हाउसमा भव्य, शब्य र शानदार रुपमा सम्पत्र गरेको छ । कार्यक्रम सञ्चालक संस्थाका प्रचारप्रसार बिभाग प्रमुख तथा सचिब पूर्ण विश्वकर्मा र संस्थाका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा कार्यक्रमलाई औपचारिक रुप दिइएको थियो ।

यस बनभोज कार्यक्रममा प्रमुख अतिथि मञ्चका वरिष्ठ सल्लाहकार एन आर एन आइ सि सिका सचीव डिबि क्षेत्री, विशिष्ट अतिथि ओमन पार्टी कमिटी शाखा अध्यक्ष पदम प्रसाद अर्याल, अतिथि एन आर एन सोसल क्लब ओमनका अध्यक्ष दिपक श्रेष्ठ ,समाज सेवि ओमकार तामाङ्ग,प्रवासी नेपाली मञ्चका अध्यक्ष सोम श्रेष्ठ , नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत,मञ्चका खेलकुद बिभाग सम्योजक विशाल सुब्बा,सल्लाहकार गुणहरी अधिकारी,भरत अधिकारी ,ज्ञानेन्द्र खनाल रहेका थिए ।

वरिष्ठ उपाध्यक्ष हेम आचार्यको स्वागत मन्तव्य संगै संस्था प्रति लगनशील भइ लाग्ने र ओमानमा विभिन्न समय काल खण्डमा उदाहरणीय काम गर्ने समाज सेवि तथा एन आर एन आइ सि सिका सचीव डिबि क्षेत्रीलाई दोसल्ला,सम्मान पत्र सहित सम्मान गरेको थियो भने समाज सेवि ओमकार ततामाङ्गलाई पनि सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । मञ्चका खेलाडी तथा मञ्चलाई हृदय देखिनै सहयोग गर्ने विभिन्न ब्याक्तित्व सानू भाइ कार्की,चक्र तामाङ्ग,संतोषजनक मल्ल, धनबहादुर छन्त्याल,बसन्त सुब्बा,दिपक कुमार थापा,गौतम श्रेष्ठ ,कमल कटुवा,यादव बुढाथोकीलाई सम्मन संगै मञ्चका खेलाडी कमल कटुवा,गौतम श्रेष्ठलाई बिदाइ पनि गरेको थियो ।

प्रमुख अतिथि एन आर एन आइ सि सि सचीव डिबि क्षेत्रीले ओमन लगायत खाडी राष्ट्रमा नेपालीहरुले भोग्नु परेको समस्या लगायत अब हुने दुइटा मञ्चको एकता निकै महत्त्वपूर्ण रहेको पनि बताउनु भयो । त्यस्तै अन्य अतिथीहरुले पनि मन्तव्य राखेका थिए । जनप्रगतिशिल मञ्चले खाली रहेको स्थानमा मञ्चका केही पदाधिकारीहरु लाई थपघट गरेको छ ।

महासचिव पदमा सचिब रामसिङ्ग तामाङ्ग, सचिबमा प्रचारप्रसार बिभाग प्रमुखमा मिडिया सम्योजक पूर्ण विश्वकर्मा, सह सचीवमा केन्द्रिय सदस्य धनबहादुर छन्त्याल, केन्द्रिय सदस्यमा याम सुनारी मगर,सुवास चन्दलाई पदोन्नति गरेको थियो । भुतपुर्व महासचिव र केन्द्रिय सदस्यलाई मञ्चले अनुशासन कार्वाही गरेको पनि जनाएको छ । नेपालमा माओवादी एमाले एकता प्रक्रिया रहेको बेलामा मञ्च द्वारा पनि एकता समायोजन ९ जनाको समिती निर्माण गरेको छ ।

एकता समायोजन समिती
सम्योजक उमेश विश्वकर्मा, पदम प्रसाद अर्याल,तुला गिरि ,राम सिङ्ग तामाङ्ग,पूर्ण विश्वकर्मा ,चक्र तामाङ्ग हेम आचार्य ,ज्ञानेन्द्र खनाल ,कमला तामाङ्ग रहेका छन ।

अन्तमा यस कार्यक्रमका अध्यक्ष उमेश विश्वकर्माले आफ्ना भनाई राख्दै यस वृहत् बन भोज कार्यक्रममा आउनु भएका मञ्च प्रती आस्था राख्ने कमरेड ओमन स्थित रहेका विभिन्न संघ संस्थालाई अत्यन्तै कार्यव्यस्थताका समयमा पनि समय निकालेर आउनु भएका सम्पूर्ण उपस्थितलाई धन्यवाद दिदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषाणा गरेका थिए ।