सान्दार प्रस्तुति देखाउने क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मानः (तस्विरसहित)

  • ८ फाल्गुन २०७४, मंगलवार
  • धिरन खत्री
  • 2250 पटक पढिएको


म्याग्दी, ८ फागुन । क्यानडा विरुद्ध सान्दार प्रस्तुती सहित जित निकाल्ने राष्ट्रिय क्रिकेट खेलाडि करण केसीलाई म्याग्दीमा भव्य सम्मान गरिएको छ । नेपाललाई जित सहित विश्वकप डिभिजन २ छनोटमा पु¥याउन सफल तथा महत्वपुर्ण भुमिका प्रस्तुत गरेका करणलाई मंगलबार एक कार्यक्रम विच भव्य सम्मान गरिएको हो ।

बेनी नगरपालिका, जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति देवेन्द्रबहादुर केसी, मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद विश्वकर्मा, म्याग्दी उद्योग वाण्ज्यि संघका टिम, जिल्ला क्रिकेट संघ लगायतले भब्य सम्मान गरेका हुन् । बेनी नगरपालिका र जिल्ला खेलकुद विकास समितिले नगद सहित सम्मान गरेको थियो ।


उक्त सम्मान कार्यक्रममा बोल्दै क्रिकेट खेलाडि करन केसीले खेलमा देशले दिएको एक जिम्मेवारीलाई सफलतामा परिणत गर्न पाउदाँ खुशि भएको बताए । उनले आगामी दिनमा पनि नेपालीहरुको साथ र सहयोगले यस्तै प्रस्तुती देखाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सम्मान कार्यक्रममा बेनपा मेयर हरिकुमार श्रेष्ठको अध्यक्षता, अध्यक्ष कृष्णकुमार विश्वकर्माको स्वागत मन्तव्य, म्याग्दी उद्योग वाण्ज्यि संघका अध्यक्ष लिलाराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

राष्ट्रिय टिमका करण केसी बाग्लुङका हुन् । उनलाई आज गृह जिल्ला बागलुङमा भव्य सम्मान गरिएको थियो । उनको क्यानडा विरुद्ध खेलमा असाधारण प्रस्तुतीले जितसंगै धौलागिरि लगायत नेपाललाई खुशि दिलाएका थिए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l